होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । तिहार नजिकिएसँगै प्रहरीले जुवातासविरुद्ध देशब्यापी अभियान संचालन गरेको छ । यसै क्रममा देशका विभिन्न भागबाट जुवाडेहरु धमाधम पक्राउ परेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागबाट ४६ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने माया कार्कीको घरमा तास खेलिरहेको अवस्थामा रामेछाप घर भएका ५४ […]
काठमाडौ : भिभिआईपी यौन काण्डमा परेर अहिले पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा बसिरहेका बेला अर्का चर्चित सांसद तथा अर्वपति विनोद चौधरीको व्यवसायिक संस्थामा पनि यौनकाण्डको बाछिटा छिरेको छ । यस कुराले व्यापारीहरुबीच चर्चा हुँदै हलचल ल्याएको छ । अर्बपति चौधरी आफ्नो नभई उनको व्यवसायमा सहायक बनेर आउने व्यक्तिले मच्चाएको यो काण्डले अहिले उनलाई अप्ठ्यारोमा पारेको […]
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । नगरपालिकाले […]
बझाङ– दुर्गम गाँउपालीका साईपाल गाँउपालीका जनप्रतिनिधीहरु कार्यालय बन्द गरेर भम्रणमा निस्केका छन् । यसरी कार्यालय बन्द गरेर भ्रमणमा निस्कदा सेवाग्राही मर्कामा परेको साइपाल गाँउपालीका स्थानिवासीहरुले बताएका छन् । साईपाल गाँउपालीकाका स्थानियवासी दिपक बोहराले भने नागरीता सिफारीसको लागी अब चैनपुर धाउनुपर्ने हुन्छ जनप्रतिनिधहरु कार्यालय बन्द गरेर भ्रमणमा निस्केको सुनेको छु । चैनपुरमा जान आउन घरवाट तिन […]
सुदूरपश्चिम प्रदेशमा लागु भएको जनता आवास कार्यक्रम अन्तरगत कैलाली–कञ्चनपुरमा घर निर्माण कार्य ठप्प रहेका बेला पहाडी जिल्लामा पनि कार्यक्रम अलपत्र रहेको पाईउको छ। संघीय सरकारबाट कार्यान्वयनका लागी गत वर्षदेखि प्रदेश सरकारलाई कार्यक्रम जिम्मेवारी सारिएपनि कार्यक्रम अलपत्र परेको हो। पहाडी जिल्लामा जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणको कार्य बजेट अभावका कारण अलपत्र परेको बताईएको छ। सात […]
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका कामलाई तिव्रता दिदै आर्थिक समृद्धि हासिल गर्ने दावी गरेपनि कार्यान्वयन भएको छैन्। विकास निर्माणका योजना कार्यान्वयनमा गत वर्षझै सरकारले कछुवा गती नै कायम राखेको पाईएको छ। गत आर्थिक वर्षको मध्य हुँदा समेत १६ प्रतिशतको हाराहारीमा विकास बजेट खर्च गरेको सरकारले यसवर्ष पनि अहिले सम्म योजना कार्यान्वयनमा लैजान […]
सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्याएसँगै तरंग पैदा भएको छ । सिंहदरबार जनताको घरदैलोमा ल्याउने भन्दै मुलुक संघीयतामा गयो । तर जनप्रतिनिधिहरुले आफू खुसी तलब भत्ता शक्तिको दुरुपयोग हुन थालेको भन्दै अधिवक्ता लोकेन्द्र बहादुर ओलीले रीट दायर गरेका थिए । उनको रीटको आगामी शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा न्यायाधीशहरू […]
कैलालीको अत्तरियाबाट २८ जना जुवाडे पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नमबर ७ लालपुरबाट उनीहरुलाई साढे एक लाख नगद सहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लालपुरमा बिरबहादुर ओलीको ओली होटलबाट उनीहरुलाई आईतबार राती पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको प्रहरी टोलीले आईतबार राती उनीहरुलाई एक […]
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थालेका छन्। वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम […]
कैलालीको टिकापुरमा कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ५ की ४० वर्षीया पुतली रावलको दुईजना महिलाको कुटपिटबाट मृत्यु भएको हो । असोज ८ गते सामान्य विवादका क्रममा स्थानीय दुईजना महिलाको कुटपिटबाट घाईते भएकी उनको कोहलपुरमा उपचार हुन नसकेपछि भारतको लखनउ रेफर गरिएको थियो । उनको उपचारका क्रममा भारतमा मृत्यु भएको हो […]
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ […]
काठमाडौं : पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। देशका धेरैजसो स्थानमा बिहानैदेखि बादल लागेर आकास धुम्मिरहेको छ। विभागका अनुसार आइतबार देशभर सामान्य बदलि रहि मध्य र पुर्व र […]
काठमाडौं : म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान जापान जाँदै छिन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नारुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको टोली कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । नारुहितो कस्ता छन् ? ५९ बर्से नारुहितो दोस्रो विश्व युद्धपछि जन्मेका पहिलो […]
काठमाडौं।सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा मौजुदा ‘संवैधानिक त्रुटि’लाई उजागर गरेको छ। संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक व्यवस्था नगरिएको प्रावधानलाई टेकेर सर्वोच्चले शुक्रबार स्थानीय तहका जनप्रतिनिधिले मासिक पारिश्रमिक दिने सम्बन्धमा बनेको प्रदेश कानुन खारेज गरेको थियो। सर्वोच्चले स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको पारिश्रमिक संविधानको धारा २२० को उपधारा ८ र धारा २२७ […]
काठमाडौं- पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । […]
काठमाण्डौ – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एक प्रतिनिधिसभा , तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि शुक्रवार कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागिे मनोनयन दर्ताको समय कात्तिक २१ गते सम्म तोकिएको […]
कात्तिक २ – काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा […]
काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले लिइरहेको तलब भत्तालाई गैरसंवैधानिक ठहर गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिको तलब र भत्ता गैरसंवैधानिक हुने फैसला गरेको हो। अधिवक्ता ओलीले प्रदेश १ बाहेक ६ वटा प्रदेशले स्थानीय तहका जनप्रतिनिधि पदाधिकारी र […]
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिना (साउन–भदौ) मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक […]
धनगढी -नेकपा सुदुरपश्चिम प्रदेशको दोस्रो बैठक धनगढीमा शुरु भएको छ । सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा को अध्यक्षता सोमबार देखी धनगढीको रुबश होटेलमा बसिरहेको बैठकमा प्रदेश इन्चार्ज भिम रावल ,स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री लेखराज भट्ट,प्रदेश कमिटीका सह इन्चार्जहरु , प्रदेश कमिटीका सचिब र प्रदेश सदस्यहरुको सहभागीता रहेको छ । बैठकले पार्टीको आगामी कार्यक्रम […]