होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्मवर ६ मा जीप र मोटरसाईकल ठोक्किदा ज्यान गुमाएका एक जनाको सनाखत भएको छ। मोटरसाईकल चालक समेत रहेका गम्भीर कोटकेनीको मृत्यु भएको हो। प्रहरीका अनुसार उनीसंग जोशीपुर गाउँपालिका स्थायी ठेगानको मतदाता परिचयपत्र फेला परेपनि उनी गोदावरी ८ मा बस्दै आएका थिए। ईलका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले […]
बाँके : नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जनाएका छन्। यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन्। बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको […]
नयाँदिल्ली : दुई देशका सेनाबीच शान्तिपूर्ण वार्ताको एक महिना नपुग्दै चीन र भारतका सेनाबीच झडप हुँदा ठूलो हताहत भएको बुझिएको छ । लद्दाखको गलवान उपत्याकामा दुई देशका सेनाबीझ झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन् । एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका झडप भए पनि पहिलो पटक मृत्यु भएको हो […]
दार्चुला : दार्चुलाको कालापानी क्षेत्रको निरीक्षणका लागि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनाल दार्चुला पुगेका छन्। उनीसँगै नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुगेका छन्। केही दिन अघि सशस्त्र प्रहरीले स्थापनाको गरेको कालापानीको छाङ्गुर बोर्डर आउट पोस्ट बीओपीको निरीक्षण र दार्चुला तिङ्कर सडक खण्डको अनुगमन गरेर […]
काठमाडौं- सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई श्रमिकले नै जम्मा गरेको सरकारी कोषको रकमबाटै उद्धार गर्न सर्वोच्चको आदेशमा भनिएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी […]
काठमाडाैं- रुकुम पश्चिम चौरजहारी–८ सोती घटनामा अभियोग लागेकाहरूका माध्ये नाै जनाकाे बयान आज सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए । अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ छ । बयान […]
३ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ आज सम्बन्धित मन्त्रीहरुले दिँदैछन् । बिहान ११ बजे बस्ने बैठकमा आज २१ वटा मन्त्रालयका शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । संसद सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफको कार्यसूची बिहीबारलाई राखिएको छ । अर्थात, आज प्रधानमन्त्री बाहेकका […]
जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ । काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकले समेत घर जान नपाएको बताएका छन् । असार […]
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो । सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ […]
नयाँदिल्ली — भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ । दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेनाका ट्रक । तस्बिर […]
नागरिक रैबार/बाजुरा २ असार। बडीमालिका नगरपालिकाको सदरमुकम मार्तडीमा रहेको क्वारेनटिनमा रहेका ब्यक्तिहरु सडमा निष्केका छन् । क्वारेनटाइमा बसेको एक महिना वितिसक्दा पनि पिसआिर रिर्पोट नाएको भन्दै आफ्नो सरसमान सहित सडकमा निष्कीएका हुन् । आरडिटि परिक्षणका क्रममा पोजेटिभ देखिएकाहरुले स्वाव संकलन गरेको लामो समय सम्म पनि रिर्पोट नआएकाले घरजाने भन्दै बाहिर निष्कीएका हुन् । कि हामीलाई […]
नागरिक रैबार/बाजुरा २ असार। यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ । कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका सर्वसाधारणहरु जन्मभुमि तिर फर्किने क्रम पनि बढी रहेको छ ।कोरोनाको त्रासकै कारण जिल्ला बाहिरबाट आउने सर्वसाधारणहरको […]
नागरिक रैबार/बाजुरा २ असार। बाजुरा जिल्लाका समग्र दलित समुदायलाई लक्षित गरेर सामाजिक संजाल (फेसबुक) मार्फत लिखित रुपमा अपशव्द प्रयोग गरि जातीय भेद्भाव गर्ने १ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ । सोमबार बाजुरा जिल्लाका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँ बाह्रवीसका सत्यराज जोशी विरुद्ध […]
धनगढी : त्रिनगर सीमा क्षेत्रबाट नागरिकको उद्दारमा खटिएका सवारी चालकहरुको धनगढीमा परिक्षण सुरु भएको छ। धनगढी बसपार्कमा एक सय २० जनाको ¥यापिड टेस्ट गर्दा ११ जनामा एन्टिबडी देखिएको छ। उनीहरुको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ। पीसीआर परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा पठाइएको छ। धनगढी उप–महानगरपालिकाका सिनियर अहेव लक्ष्मीराज उपाध्यायका अनुसार आज एक सय २० जनाको […]
धनगढी : सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो। सोमवार ६८ जनाकोमा कोरोना पुष्टि भएकोमा २८ बर्षीय स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले दिनेश खवरलाई जानकारी दिएको छ। ‘संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिईन्,’ समाचार स्रोतले […]
धनगढी : सुदूरपश्चिममा सोमबार एकै दिन ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो । ६८ जना संक्रमितमध्ये तीन जना महिला र ६५ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बैतडीमा […]
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको जानकारी दिए। […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ हजार, तेस्रो चरणमा ५ हजारदेखि १० हजार र चौथो चरणमा १० हजारभन्दा माथि संक्रमितलाई आधार मानेर स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया […]
१ असार, काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ । वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरूलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ। घटनाको छानबिन गर्न गृह मन्त्रालयका सह-सचिव जितेन्द्र […]
काठमाण्डाै – कोरोनाको जोखिम र लकडाउनका कारण तीन महिनादेखि विद्यार्थी स्कुल जान पाएका छैनन् । लामो समय स्कुल जान नपाउँदा बालबालिकाहरुले पहिला पढेको बिर्सन सक्ने र पढाइप्रतिको रुचि घट्दै जाने हुन्छ । कतिपय स्कुलहरुले अनलाइन कक्षामार्फत् पढाउन थालेका छन् । तर धेरै बालबालिका इन्टरनेटको पहुँचमा नभएका कारण अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन । कोरोना […]