होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षको बजेटको तुलनामा दोब्बरभन्दा बढी बनाउँदै ११ अर्ब ६० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् । सो कार्यक्रमलाई […]
जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको […]
धनगढी : संघिय सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुदूरपश्चिमका अधिकांश पूरानै योजनाले निरन्तरता पाएका छन्। संघिय संसदको संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सुदूरपश्चिमका अधिकाश पूरानै योजनाले निरन्तरता पाएका हुन्। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले वषाँैदेखि अलपत्र परेको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र कर्णाली चिसापानी जलविद्युत […]
कोरोना भाईरस कोडिभ १९ ले गर्दा अहिले नेपाल देशमा समेत लकडाउन जारी रहेको छ । नेपालमा २०७६ चैत्र ११ देखी लकडाउन सुरु भएको थियो ।देशमा कोरोना भाईरसका संक्रमित दिनानु दिन थपिदै जाँदा आर्थिक लगाएत सबै क्षत्रमा लकडाउनले असर पु¥याईरहेको छ । अहिलेको यो बन्दाबन्दीले गर्दा कृर्षि क्षत्रमा समेत त्यत्तिकै प्रभाव पारेको छ । यो महामारीले […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १५ जेठ। काम तथा पढाइको सिलशिलामा भारत र जिल्ला बाहिर रहेका बाजुराका ६३८ जना आज जिल्ला भित्रिएका छन् । रोजगारी तथा पढाइको शिलशिलामा भारतका बिभिन्न ठाँउहरुमा रहेका र नेपालकै भिभिन्न सहरमा पढाइृको शिलसिलामा रहेका बाजुराका नागरीक हरु जिल्ला आउने क्रम बढीरहेको छ । जिल्ला आउने क्रम बढेसंगै बाजुराका स्थानीयमा त्रास पनी […]
नागरिक रैबार/बाजुरा १५ जेठ। बाजुराका ४७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाईनमा बसेका ४७ जनाको आरटि–पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जेठ ९ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ४७ जनाको थ्रोट स्वाव संकलन गरी आरटि–पिसिआर परिक्षणका लागि धनगढी पठाईएको थियो । पिसिआर रिपोट नेगेटिभ आएका ४७ […]
नागरिक रैबार/बाजुरा १५ जेठ। बुढीनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरीले भारतबाट आएका बाजुराबासीलाई कोरोना परिक्षण विना घर पठाएकोमा आपत्ति जनाएका छन् । मेयर गिरीले विहिबार नागरिक रैबारसंगको कुरा राख्दै भारत तथा नेपालका विभिन्न ठाउँबाट बाजुरा भित्रिने नागरिकहरुलाई सुदूरपश्चिम सरकारले उनीहरुको कोरोना परिक्षण नगरेर सिधै घर पठाएर ठुलो गल्ति गरेको आरोप समेत लगाएका हुन् । कोरोना […]
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन […]
नागरिक रैबार/बाजुरा १४ जेठ। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा संचालन रहेको कोरोना भाईरस (कोभिड – १९ ) सम्बन्धी क्वारेन्टाईन मानवबस्ती नजिकै राखेको भन्दै बडीमालिका नगरपालिका ९ का स्थानीयहरुले आज एक सामुहिक भेलाको आयोजना गरि आपत्ती जनाएका छन् । कोरोना भाईरस (कोभिड –१९ ) सम्बन्धी क्वारेन्टाईन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को […]
टोप प्रकाश वि.क./टीकापुर, जेठ १४। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सात पहाडी जिल्लाका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छ । प्रदेश अध्यक्ष अर्जुन शाहको नेतृत्वमा सातवटै जिल्लामा पुगेको टोलीले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया समेत गरेको छ । अन्र्तक्रियाका क्रममा सञ्चारकर्मीहरुले कोरोनाको महामारी रोक्नका लागि भैरहेको लकडाउनका कारण पत्रकारिता निकै समस्या […]
शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा मानव अधिकार र नेपालको संविधान बिपरित छ। सदियौ देखि नेपालमा जरा गाडेको छुवाछूत र दलित मुक्तिको आन्दोलनमा ठुलो योगदान दिएको अघिल्लो पुस्ता सङ्गै हाम्रो पुस्ताले पनि मुल्य चुकायको छ। विश्व अहिले डिजिटल युगमा स्वतन्त्रता जीवन जिउने अधिकारका लागी र प्रेम गरेको प्रेम पाउनका लागि अबोध युवाहरु […]
अन्तर्जातिय प्रेम सम्बन्ध विभत्स हत्यामा परिणत भएको रुकुम चौरजहारीको हृदयविदारक घट्ना र तत् पश्चात उत्पन्न परिस्थितिले अहिले विकराल रुप लिएको छ । ३ जनाको शव भेटिएको छ भने ४ जना अझै वेपत्ता छन । अन्तर्जातिय प्रेम र विवाहलाई स्वीकार्न नसक्ने हाम्रो समाज तथा समाजमा व्याप्त रुढिवादीता र जातिय अहंकारनै अहिलेको घट्नाको प्रमुख कारण हो । यो एउटामात्रै घट्ना […]
विकास भनेको रुपान्तरण हो । चाहे त्यो जुनसुकै क्षेत्रभित्र नै किन नहोस् । रुपान्तरण भन्नाले कुनै विषय वस्तुको रही आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तनस्थानीय अर्थतन्त्रको दीर्घकालीन र दिगो रुपान्तरणका लागि विकास प्रक्रियाले मूलतः चारवटा अन्तरवस्तुलाई अङ्गिकार गर्न बिर्सनु हुँदैन । उक्त अन्तरवस्तु अन्तर्गत (क) उत्पादन र उत्पादकत्वमा वृद्धि(ख) सम–न्यायिक वितरण(ग) प्राकृतिक स्रोतहरुको दिगो प्रयोग र […]
सोतीबाट फर्किएर नाउला पुगिसकेपछि आएर चिर्पट, हँसिया र ढुंगाले हाने’ ‘प्रहरीले सिट्टी बजाएजस्तो गरेर हेरेरमात्रै बस्यो’ जाजरकोट — भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है !’ नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ […]
भ्लादिमिर लेलिन सुपरिचित नाम हो । मात्र २७ वर्षको उमेर थियो, लेलिनको । जुन बेला उनी विश्वसामु परिचित भइसकेका थिए । २२ अप्रिल सन् १८७० मा कम्युनिस्ट आन्दोलनको चर्चाले विश्व आश्चर्य चकित थियो । तर, उमेर कलिलो भए पनि विचार र व्यक्तित्वमा कुनै अपरिपक्वता थिएन । जनक्रान्तिको फरक सन्देश विश्वलाई सुनाउनु थियो । कम्युनिस्ट विचारको […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा१३ जेठ।भारत तथा नेपालका विभिन्न ठाउँबाट मंगलबार मात्रै बाजुरामा २७४ जना जिल्ला भित्रिएका छन् । बाजुरा जिल्लामा नौं वटा पालिका २७४ जना एकैदिन जिल्ला भित्रीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् । रोजगारी तथा पढाइको शिलशिलामा भारतका बिभिन्न ठाँउहरुमा रहेका, नेपालकै भिभिन्न सहरमा पढाइृको शिलसिलामा रहेका बाजुराका नागरीकहरु […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा १३ जेठ। मँगलबार देशभरका ७७ वटै जिल्लामा नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवस् मनाइ रहँदा जिल्ला शाखा बाजुराले समेत आफ्नो २९ औं स्थापना दिवश मनाएको छ । यतिबेल कोरोना भाइसरको महामारीले गर्दा नेपाल देशमा समेत लकडाउन जारी छ । अहिलेको यो बिषम परिस्थतीमा जिल्लाका पत्रकारहरुले कसरी काम गरीरहेका छन् भन्ने बिषयमा […]
नागरिक रैबार/बाजुरा १३ जेठ। बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले नवराज विकको हत्या प्रकरणमा दोषी देखिएका सवैलाई कारवाहीको माग गरेको छ । मंगलबार उक्त घटनामा दोषी रहेकाहरुलाई कारवाहीको माग गर्दै बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन–पत्र बुझाएका छन् । जेठ १० गते शनिवारका दिन कर्णाली प्रदेशको पश्चिम रुकुम […]
१३ जेठ, काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन […]
१३ जेठ, काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल दलित विद्यार्थी संघले प्रदर्शन गरेको हो । उनीहरुले दोषीलाई कडा कारबाही गर्न र राजनीचिक आडमा घटनालाई नछाड्न समेत माग गरेका छन् ।