होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली र प्रचण्डलाई वामदेव नै चाहिन्छ, किन ?
समाचार

ओली र प्रचण्डलाई वामदेव नै चाहिन्छ, किन ?

  • नागरिक रैबार
ओली र प्रचण्डलाई वामदेव नै चाहिन्छ, किन ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामो समयदेखि शक्ति संघर्ष चल्दै आएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट सरकारको आलोचना भइरहेको भन्दै असन्तुष्ट रहँदै आएका छन् भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतहरु सरकारका कारण पार्टी नै बद्नाम हुने अवस्थामा पुगेको टिप्पणी गर्दै आएका छन् ।

तर पार्टीका यी दुवै पक्षका लागि उपाध्यक्ष वामदेव गौतम नै केन्द्रबिन्दु बन्ने गरेका छन्, जसलाई साथमा लिन सके आफ्नो पक्ष बलियो हुने आँकलनमा दुवै पक्ष देखिन्छन् । त्यसैले पनि ओली र प्रचण्डले गौतमलाई आफ्नो पक्षमा तान्न प्रयास गरिरहेका छन् मानौँ, उपाध्यक्ष गौतम नभए कसैको गुट वा पार्टी नै चल्दैन ।

पार्टीमा वामदेवको पकड कति ?

विज्ञापन

दुवै पक्षको तानातानमा परेका उपाध्यक्ष वामदेव गौतम झट्ट हेर्दा पार्टीमा एक्लै देखिन्छन् । न उनको गुट देखिन्छ, न संसदमा उनको पकड छ । पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयमै पनि उनी एक्लाजस्तै छन् ।तैपनि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनी नै चाहिन्छ, किन ? प्रश्न उठ्नु स्वाभाविक पनि हो ।

संगठनप्रति गौतम जति इमान्दार छन्, त्यति नै पदलोलुप पनि । त्यही एउटा कमजोरीले वामदेव गौतम पछाडि परेको भनिन्छ । बर्दिया–१ बाट चुनाव हारेपछि पनि उनीमा पटक–पटक प्रतिनिधिसभामा आउने लालचमा देखियो । प्रतिनिधिसभा सदस्य नभए पनि उनले प्रधानमन्त्री बन्ने इच्छा प्रकट गरे ।

उपाध्यक्ष गौतमलाई चिन्नेहरु भन्छन्, ‘गौतम संगठनप्रति इमान्दार, संगठनप्रति प्रतिवद्ध रहेका कारणले नेताहरुले उहाँमाथि विश्वास गर्नुहुन्छ । उहाँले संगठनमा जति काम गर्नुहुन्छ, पूरा इमान्दारीपूर्वक गर्नुहुन्छ ।’

सायद त्यही भएर होला, नेकपाले पनि संगठन बनाउने जिम्मा गौतमलाई नै दिएको छ । नेकपामा उनी अहिले संगठन विभागका प्रमुख हुन् ।

संगठनप्रति गौतम जति इमान्दार छन्, त्यति नै पदलोलुप पनि । त्यही एउटा कमजोरीले वामदेव गौतम पछाडि परेको भनिन्छ । बर्दिया–१ बाट चुनाव हारेपछि पनि उनीमा पटक–पटक प्रतिनिधिसभामा आउने लालचमा देखियो । प्रतिनिधिसभा सदस्य नभए पनि उनले प्रधानमन्त्री बन्ने इच्छा प्रकट गरे ।

यतिमात्र होइन, उनलाई राष्ट्रियसभामा लैजाने चर्चा चल्दा प्रधानमन्त्री बनाउने हो भनेमात्र आफू राष्ट्रियसभा आउने अडान लिए । परिणामस्वरुप उनकै अडानलाई सम्बोधन गर्नेगरी संविधान संशोधनका लागि समेत पार्टीले सुवास नेम्वाङको अध्यक्षतामा सुझाव कार्यदल गठन गरेको थियो । यद्यपि उक्त कार्यदल गठनको समाचार बाहिरिएसँगै कार्यदलमा राखिएका सदस्यहरुले आपत्ति जनाएपछि अस्तित्व मै नआइ खारेज भयो ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि प्रतिनिधिसभाको एक कार्यकालसमेत धैर्य गर्न नसकी उनले आफू सांसद बन्नका लागि अरुलाई राजीनामा दिन लगाउने प्रयास पनि नगरेका होइनन् । जब उनी सांसद बन्ने कुरा आउँछ, सञ्चारमाध्यमदेखि लिएर सामाजिक सञ्जालमा उनको आलोचना शुरु हुन्छ । त्यसपछि उनी ‘ब्याक’ हुन बाध्य हुन्छन् ।

यिनै कमजोरीका कारण बेलाबेला उनी आलोचित हुने गरेका छन् तर पार्टी, संगठनप्रति पूर्ण वफादार भएका कारणले उनी सबै नेताका लागि प्यारा भएका छन् ।

शक्ति केन्द्र उनकै सेरोफेरो

राजनीतिमा लागेकामध्ये धेरैजसो ‘शक्तिकेन्द्र’कै वरिपरि झुम्मिने गरेको देखिन्छ । गौतम यसमा अपवादका रुपमा प्रष्ट देखिन्छन् । अर्थात्, उनी शक्तिकेन्द्रको वरिपरि होइन, उनकै वरिपरि शक्ति केन्द्र झुम्मिने गर्दछ ।

नेकपाको राजनीतिमा बालुवाटार, खुमलटारपछि चर्चामा आउने ठाउँ हो भैैंसेपाटी । भैंसेपाटी अर्थात् उपाध्यक्ष गौतमको निवास । नेकपाको आन्तरिक विवादबारे कयौं पटक भैंसेपाटीस्थित उनको निवासमा छलफल भएको छ । नेकपा सबै शीर्ष नेताहरु उनलाई मनाउनका लागि पालैपालो उनको निवास भैंसीपाटी पुग्ने गरेका छन् । सामान्यतया प्रधानमन्त्रीले अनौपचारिक भेटघाटका लागि कुनै नेताको निवास पुग्ने गरेको उदाहरण नेपाली राजनीतिमा विरलै देखिन्छ । तर प्रधानमन्त्री ओली स्वयम्ं गौतमको निवासमा पुगेर छलफल गरेको धेरै दिन अघिको कुरा पनि होइन । प्रधानमन्त्री नै लुरुलुरु उनको निवासमा पुग्छन् भने अरुका लागि गौतम निवासमा जानु नौलो र अनौठो कुरा पनि भएन ।

पछिल्लो समय नेकपाका दुवै अध्यक्षले गौतमलाई आफ्नो पक्षमा तान्ने प्रयास जोडतोडले गरेको नेकपाकै एक नेता बताउँछन् । उनले भने, ‘वामदेव गौतमलाई विगत २५–३० वर्षदेखि चिनेको छु, उहाँको पार्टीप्रतिको इमान्दारिता देखेर अरु नेताहरु पनि छक्क पर्नुहुन्छ, उहाँ पार्टीको जुन काममा लाग्नु हुन्छ त्यसलाई पूरा गरेरै छाड्नुहुन्छ, उहाँको लगनशीलता र मेहनतका कारण दुवै अध्यक्ष उहाँलाई आफ्नो पक्षमा तान्ने प्रयासमा लाग्नु भएको छ ।’

अहिले पार्टीमा आन्तरिक विवाद भएका कारण आफ्नो परिचय नखुलाउन आग्रह गर्दै उनले भने, ‘वामदेव गौतमजस्तो नेता संगठनलाई चाहिन्छ, उहाँ जनप्रिय नहुनुहोला, जनताले उहाँलाई नपत्याउलान् त्यो बेग्लै कुरा हो तर उहाँले जसरी संगठन निर्माण गर्नुहुन्छ, उहाँले जसरी रणनीति बनाउनु हुन्छ, त्यसरी अरु नेताले हतपत गर्न सक्नुहुन्न ।’

कम्युनिस्ट पार्टी यहाँसम्म आइपुग्नुमा वामदेव गौतमको पनि योगदान रहेका कारण प्रचण्ड र ओली दुवैले गौतमलाई मन पराएको र आफ्नो पक्षमा पार्न प्रयास गरेको उनको बुझाइ छ । ‘यदि गौतमसँग कुनै शक्ति नभएको भए, कुनै क्षमता नभएको भए पार्टी संगठन विभागको प्रमुखमात्र होइन, पार्टीको उपाध्यक्ष र प्रतिनिधिसभाका सदस्य बनाउने निर्णय पार्टीले गर्ने थिएन,’ उनले भने, ‘उपयुक्त समय हेरेर गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पार्टीले गरिसकेको छ । हालैमात्र प्रधानमन्त्री ओलीले पार्टीले गरेको निर्णय अनुसार प्रतिनिधिसभामा ल्याउने आश्वासन उहाँलाई दिनुभएको छ ।’

बालुवाटार र भैंसीपाटीको कनेक्सन

आफ्नो पक्षमा प्रस्ताव आएपछि त्यही दिन राति प्रधानमन्त्री ओली भैंसेपाटीस्थित गौतमको निवास पुगेका थिए । श्रीमती राधिकाका साथ उनी अचानक गौतम निवास पुगेपछि राजनीतिक वृत्तमै हलचल भयो । त्यसपछि लगातार दुई दिन नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भयो । तर पनि पार्टीभित्रको विवादको समाधान निस्किसकेको छैन ।

मंगलबार गौतमसँग आन्तरिक छलफलका लागि अध्यक्ष प्रचण्ड भैंसेपाटी पुगे । गौतम निवासमा प्रचण्डले ६ बुँदे प्रस्तावबारे चासो राखेका थिए । जवाफमा गौतमले आफूले पार्टीलाई निकास दिलाउनका लागि नै प्रस्ताव ल्याएको र यसमा दुवै अध्यक्ष सहमत भएमात्र निकास निस्किने प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले कुनै पदबाट राजीनामा नदिने देखेपछि आफूले पार्टी विभाजनलाई रोक्नका लागि यो प्रस्ताव ल्याएको र यो नै मध्यविन्दु रहेको गौतमले प्रचण्डलाई बताए । उनले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आफ्नो फरकमत कायमै रहेको तर समस्यालाई निकास दिनका लागि अरु कुनै उपाय नदेखेपछि आफूले यो प्रस्ताव ल्याएको प्रचण्डसमक्ष उल्लेख गरे ।

त्यसपछि अध्यक्ष प्रचण्डले यी सबै कुराको निकास र सहमतिका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने, यसका लागि वातावरण बनाउन गौतमलाई भनेका थिए । पार्टीको बैठकबाट भाग्न नहुने, यसले संगठनप्रतिको जवाफदेहीबाट भागेको सन्देश जाने भएकाले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने धारणा प्रचण्डले राखेको बताइन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार