होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा समुदाय स्तरमा कोरोना नफैलिएको प्रदेश सरकारको दावी
समाचार

सुदूरपश्चिममा समुदाय स्तरमा कोरोना नफैलिएको प्रदेश सरकारको दावी

  • नागरिक रैबार
सुदूरपश्चिममा समुदाय स्तरमा कोरोना नफैलिएको प्रदेश सरकारको दावी

धनगढीः झण्डै चार महिना पहिले कोरोना संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशमा मृत्यु भएका ९ जना मध्ये अधिकांश आन्तरिक ट्राभल हिस्ट्री भएका छन्। कैलालीमै कोरोना संक्रमणको कारणबाट मृत्यु भएका चारै जना आन्तरिक ट्राभल हिस्ट्री भएको व्यक्ति हुन्।

बाह्य ट्राभल हिस्ट्री नभएका व्यक्तिको कोरोना संक्रमणका कारणबाट मृत्यु भएका बेला प्रदेश सरकारले भने समुदाय स्तरमा कोरोना भाईरस नफैलिएको दावी गरिरहेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि यात्रा विवरण नभएका व्यक्तिमा संक्रमण देखिएमा मात्र समुदाय स्तरमा संक्रमण फैलिएको मान्न सकिने बताउँदै आएको छ।

विज्ञापन

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुमा मात्र कोरोना पुष्टि भएको देखिएको बताए।

तर समुदाय स्तरमा संक्रमण नफैलिसकेको बताउँदै कार्कीले उक्त विषय यकिन गर्न अध्ययन गरिने जानकारी दिए।

प्रदेशमा अहिले सम्म संक्रमण पुष्टि भएका सबैजना भारत तथा प्रभावित क्षेत्रबाट फर्किएको दावी गर्दै आएपनि अध्ययन र आवश्यक विश्लेषण नगरिएको हो।

संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा कुनै न कुनै रुपमा उनीहरुको सम्पर्कमा गएका व्यक्तिहरुमा संक्रमण देखिने गरेको दावी गरिएको छ। चिकित्सकहरुले भने नेपालमा पहिलो पटक सुदूरपश्चिममा समुदाय स्तरमा संक्रमण भेटिएको बताउँदै आएका छन्।

तर अवस्था भयवाह नभएका कारण जोखिम नभएको जस्तो देखिएतापनि सुदूरपश्चिम उच्च जोखिममा भएको टिप्पणी उनीहरुको छ।

लकडाउन समेत खुलेको अवस्थामा देखिएको लापरवाहीका कारण समुदाय स्तरमा संक्रण पैलिने सक्नेतर्फ सचेत बन्दै आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको सुझाव छ।

गत चैत १४ गते सुदूरपश्चिममै पहिलो पटक कोरोना संक्रमित भेटिएको धनगढीमै एकजना परिवारका सदस्यमा संक्रमण देखिएको थियो। समुदाय स्तरमा भने फैलिएको थिएन।

तर लकडाउन खुलेसँगै मानिसहरुको आवातजावत हुन थालेपछि संक्रमणको जोखिम बढेकाले सचेत भएर बस्न सुझाव दिईएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार