होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोमा पुरिएका एक जनाको एपीएफ टोलीद्वारा जीवितै उद्वार
समाचार

पहिरोमा पुरिएका एक जनाको एपीएफ टोलीद्वारा जीवितै उद्वार

  • नागरिक रैबार
पहिरोमा पुरिएका एक जनाको एपीएफ टोलीद्वारा जीवितै उद्वार

सिन्धुपाल्चोक, २० साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ स्थित एक टहरो पहिरो खसेर पुरिदा सो भित्र रहेका एक जनालाई साउन १९ गते बिहान एपीएफ टोलीले जीवितै उद्वार गरेको छ ।

उक्त पहिरोले पुरिएको सो टहरोभित्र ९ जना पुरिएका थिए । नगरपालिकाको कभर्ड हल निर्माणमा खटिएका बारा जिल्लाको सिमरा उपमहानगरपालिका २ घर भएका उनीहरु सो टहरोमा बस्दै आएका थिए ।

उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मेलम्चीबाट एपीएफ टोली उद्वार कार्यको लागि त्यस ठाउँमा खटिएको थियो ।

विज्ञापन

जीवितै उद्वार गरिएका उनलाई उपचारार्थ हेलीद्वारा ह्याम्स अस्पताल धुम्बाराही काठमाडौंतर्फ पठाईएको छ । पहिरोमा पुरिएका अन्य आठ जनाको शव फेला पारिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार