होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो, जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ । पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा दुई दिनसम्म भारी वर्षा हुने भएको छ। बुधवार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। साथै मनसुनी वर्षा सक्रिय हुने र त्यसबाट क्षति पुग्न सक्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले हाइ अलर्ट समेत जारी गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जोखिमका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई २७ गते […]
काठमाडौं – चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो। आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य […]
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा प्रतिष्ठान बन्ने बताएका छन् । च्यासलमा आयोजित पहिलो स्मृति सभामा अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले प्रतिष्ठान स्थापना गर्ने बताएका हुन् । ‘सुवास नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँको निधनबाट परिवार हाम्रो […]
धनगढीः चालु आर्थिक वर्षको बजेट ल्याउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह असफल भएका छन्। चालु आर्थिक वर्ष सुरु भएको २ महिना बित्नै लाग्दा समेत मुख्यमन्त्री शाह बजेट ल्याउन असफल देखिएका हुन्। सयमा बजेट नआउँदा प्रदेश सरकारमातहतका कर्मचारीले साउनदेखि तलब समेत पाउन सकेका छैनन्। सरकारी कार्यालयहरूले खर्च पनि उधारोमा चलाउनु परेको छ। तर मुख्यमन्त्री शाहले भने […]
काठमाडौँ — नेपाली कांग्रेसले उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई सम्मान गर्ने भएको छ । पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो कार्य गरेका २१ वटा गाउँपालिका र नगरपालिकालाई कांग्रेसले सम्मान गर्न लागेको हो । केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले कांग्रेसले जितेका देशभरका ३२९ स्थानीय तहमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा गाउँपालिका […]
काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी […]
काठमाडौं । नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई […]
काठमाडौं– प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) को तत्कालीन सशस्त्र […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालमाथि अर्को आरोप लगाएका छन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले समाजवादी अध्यक्ष नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरेको आरोप लगाएका हुन् । बुधबार स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष नेपालले एमालेले बनाएको पुष्पलाल प्रतिष्ठान निजी सम्पत्तिजस्तो गरेको बताएका […]
काठमाडौं । तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । […]
काठमाडौं- प्रमुख सत्तारढ नेपाली कांग्रेसले ललितपुरस्थित एक सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ बचत अपचलनमा मुछिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न दिने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले धनराजमाथि छानबिनका लागि पार्टी तयार रहेको निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले […]
जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी […]
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’उपसभामुख रानामगरले राष्ट्रसंघको […]
सुवास नेम्वाङको पहिलो स्मृति दिवस काठमाडौँ – संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरिँदैछ। प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौं क्षण आएको बताएका छन्। सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उनले यस्तो बताएका हुन्। ओलीले प्रथम स्मृति दिवसको अवसरमा नेम्वाङप्रति […]
काठमाडौं । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको बताए […]
काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभामा रहेका कांग्रेस, एमालेका १ चौथाई सांसदहरुको हस्ताक्षर सहित संघीय संसद सचिवालयमा पदमुक्त गर्ने प्रस्ताव दर्ता गर्न लागिएको हो ।जनमत पार्टीका सांसद अब्दुल खानले उपसभामुखलाई हटाउने प्रस्ताव आज दर्ता गर्ने तयारी रहेको रातोपाटीलाई जानकारी दिए । उनले […]
धनगढीः नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएका छन्। धनगढीमा शुक्र र शनिवार आयोजना हुने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले भदौ २८ गते बिहान साढे ११ बजे पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले प्रशिक्षण कार्यक्रमको […]
काठमाडौं- सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारीस्वरुप सांसदहरूको हस्ताक्षर जुटाउन थालेका छन् । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकमा उपसभामुख रानालाई हटाउबारे छलफल भएपछि मंगलबार संसद् बैठकमै हस्ताक्षर अभियान चलाइएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सचेतक सुशीला थिङले सत्तारुढ कांग्रेसका र एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले एमालेका सांसदहरूको हस्ताक्षर संकलन […]
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा सत्ता साझेदार दलहरू छन् । सोमबार बसेको सत्ता साझेदार दलको बैठकमा संवैधानिक परिषद्मा नेपाली कांग्रेसको उपस्थितिका लागि वातावरण बनाउने विषयमा छलफल भएको थियो । यसका लागि उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने निष्कर्षमा सत्ता साझेदार दल पुगेका छन् । यसै विषयमा मंगलबारको प्रतिनिधिसभा बैठकमा बहस भएको […]