होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ चैत, पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशव्यापी संगठन बनाउने उद्घोष गरेका छन् । जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरु पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रष्ट पारे । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘देशव्यापी संगठन बनाउने अभियानमा हिँडेका छौं […]
धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा निर्वाचन समितिको कार्यालय स्थापना गरेको छ।महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते हुने निर्वाचनका लागि धनगढीको होटल शुभममा कार्यालय स्थापना गरिएको महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाहले जानकारी दिए। पत्रकार चित्राङ्क थापाको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ। समितिमा अधिवक्ता सिद्धराज भट्ट र पुष्पबिक्रम शाही सदस्य […]
धनगढीः पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिक–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मंगलबार रुखमा झुन्डिएको अवस्थामा मृत फेला परे। प्रहरीको प्राम्भिक अनुसन्धानले उनी मानसिक तनावमा थिए। तर कुन कारणले उनलाइ तनाव थियो, सो बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। मंगलबार नै मृत भेटिएका कृष्णपुर नगरपालिका– ९ का ७२ […]
कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तह पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरिएको छ । यस्तै, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य सेवा विभागअन्तरगत […]
संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने […]
काठमाडौँ — माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ भित्र विश्वासको मत लिनुपर्ने बहस सुरु भएको छ । माओवादी केन्द्रले यो विषय बुधबार प्रतिनिधिसभाको बैठकमै प्रवेश गराएको छ । सरकारलाई समर्थन गरिरहेको दल माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभामा यो विषय प्रवेश गराएपछि के अब प्रधानमन्त्रीले विश्वासको मत […]
१८ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताए । युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’ सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनर्जीवित […]
१८ चैत, काठमाडौं । केही दिनयता बढेको वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले संघीय सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गर्यो । उक्त निर्देशन रुपन्देहीका स्थानीय तहका अधिकांश शैक्षिक संस्थाले भने उल्लंघन गरेका छन् । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १६ गते नै देशभरका शिक्षण संस्था चार दिन […]
काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा काँग्रेस सांसद प्रकाश स्नेही रसाइलीले बझाङका जनताले चामल खान नपाएर मन्त्रालय धाउनुपरेको भन्दै सरकारले के हेरेर बसेको छ ? भन्दै सरकारको जवाफ माग गरे । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यु बालुवाटारमा बसेर नृत्य हेरिरहनुभएको छ । अब यो नृत्यको […]
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । नभए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी प्रमुख सचेतक गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ […]
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए । प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा […]
१८ चैत, काठमाडौं । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको थियो […]
१८ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उक्त विवाद बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि तोकिएको छ । २८ फागुनमा बसेको न्यायपरिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालसँगै सुवेदीलाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो […]
काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी पार्टीले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। शीर्ष नेताको बैठक बसेर समर्थन फिर्ता लिनेबारे टुंगोमा पुगिने प्रवक्ता श्रेष्ठको भनाइ छ। उनकाअनुसार यसै विषयमा छलफल गर्न माओवादीका शीर्ष नेताको बैठक बस्दै […]
धनगढी: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई पदको शपथ गराएकी छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा बुधबार आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराए। प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेश प्रमुख पन्तले प्रदेश […]
१८ चैत, बाजुरा । बाजुराका विद्यालयहरुले शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशनको अवेज्ञा गरेका छन । नेपाल सरकार शिक्षा तथा प्रविधीमन्त्रालयले हिजो जारीगरेका निर्देसनको बाजुरा जिल्लाका विद्लयहरुले अटेरी गरी पठन पाठन गरिरहेका छन् । चैत्र १६ गते शिक्षा तथा प्रविधी मन्त्रालयले नेपाली बायुमण्डलमा देखिएको अस्वभावीक परिवर्तनले वालबालीकाको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेको भन्दै चार दिन सम्म […]
तिलोत्तमा — राजधानीबाहेक लुम्बिनी प्रदेशको नेपालगन्ज, दाङ र लुम्बिनीमा पनि हावाको गुणस्तर मापनयन्त्र छन् । लुम्बिनीको यन्त्रले कामै गर्दैन तर यसको मर्मततर्फ सरकारको ध्यान गएको छैन । अहिलेसम्म नेपालगन्जको वायु गुणस्तरको सूचक हेरेर रूपन्देहीको अन्दाज गर्ने गरिएको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरी बताउँछन् । समस्या समाधानका लागि नेपाल–भारतबीच छलफल गरी उद्योग र किसानलाई […]
१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए । सो सूचना पाएपछि प्रहरीको एक टोली […]
१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका छन् । १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ । यी […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा झण्डै २ महिना शून्यमा झरेको कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ। मंगलबार कञ्चनपुरको महाकाली अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयकाअनुसार उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन्। भारतमा दोस्रो लहरको संक्रमण तीव्र बनेका बेला सुदूरपश्चिममा पनि भारतबाट फर्किनेमा धमाधम कोरोना देखिन […]