होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका […]
राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन मागेको छ । आयोगले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन भनेको हो । ‘भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि देहायका स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन […]
धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै […]
आहुती । विचार । नेकपा (एमाले) को दसौं महाधिवेशन सकेर देशभर जिल्ला अधिवेशन चलिरहेको छ । लाखभन्दा बढी मानिसको सहभागितामा उद्घाटन समारोह सम्पन्न हुनु भर्खर फुट बेहोरेको एमालेका निम्ति शानदार सफलता हो । आसन्न चुनावको तयारीका सन्दर्भमा एमालेको यो भीडभाड प्रदर्शनले संसद्वादी अन्य पार्टीलाई उकुसमुकुस बनायो होला । त्यसो त अन्य प्रतिस्पर्धी संसद्वादी पार्टीहरूले पनि अब यस्तै […]
धनगढीः सुदूरपश्चिमका ८ जिल्लामा आज एमालेको अधिवेशन हुँदै छ। बझाङबाहेक प्रदेशका ८ जिल्लामा नेतृत्व चयनका लागि अधिवेशन भइरहेको हो। अधिकांश जिल्लामा अध्यक्षका लागि धेरै आकांक्षी देखिएपछि सहमतिको प्रयास भइरहेको छ भने सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ। कैलाली जिल्लाको नेतृत्वका तीन जना आकांक्षी छन्। नेता रतन थापा, रणबहादुर चन्द र डेजी […]
नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८ औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेको हो । मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेको छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो । एमाले कर्णाली प्रदेश […]
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ […]
सुदूरपश्चिम प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदका लागि तीन सीटमा हुन गइरहेको निर्वाचनमा ६ जना प्रतिस्पर्धी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच तीन सीटका लागि प्रतिस्पर्धा हुन लागेको हो । सत्तारुढ गठबन्धनका तर्फबाट तीन सीटका लागि नेपाली काँग्रेसका नारायणदत्त मिश्र, नेकपा माओवादी केन्द्रका जगत पार्की र नेकपा एकीकृत समाजवादी पार्टीका […]
बैतडी, २२ पुस: बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३०६ जनाले पाएका हुन् । पछिल्लो विवरण अनुसार पुर्चौंडी नगरपालिकामा– १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३३६ जनाले पूर्ण […]
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा चाँडै प्रकाशन गर्ने जनाएको छ । जनगणनामा गणकले भरेका मुख्य प्रश्नावली किताबको बाहिरी आवरणमा उल्लेख गरेको विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशनको तयारी गरिएको हो । प्रश्नावली किताबको आवरणमा घर, परिवार, अक्सर बसोबास गर्ने महिला र पुरुष, विदेशमा रहेका महिला र पुरुषको संख्या समेटिएका छन् […]
पुस, दाङ । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके […]
काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर […]
काठमाडौं, पुस २० । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले आजदेखि थप एक अतिरिक्त खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई लगाउने तयारी रहेको जनाएको छ । बालबालिकाले लगाउने खोप केन्द्रबाहेक अहिले लगाइरहेका सबै खोप केन्द्रबाट अतिरिक्त खोपको […]
धनगढी । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सदूरपश्चिममा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । धनगढीस्थित निर्वाचन कार्यालय पुगेर एमालेले महिलातर्फ कैलालीले सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएका हुन् । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन आएको पदमा माघ १२ गते निर्वाचन हुन […]
२० पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको संघारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । राष्ट्रिय दलित आयोगका जयबहादुर खड्का क्षेत्री र चाँगुनारायण नगरपालिका भक्तपुरका अग्नि प्रसाद अधिकारीलाई मन्त्रालय तानेर अतिरिक्त समूहमा राखिएको छ । […]
डोटी । मुलुकका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेका छन् । महाधिवेशनबाट सुदूरपश्चिमका यी तीन दलबाट ७७ जना केन्द्रीय समितिमा पुगेका छन् । आइतबार मात्रै काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रको केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २७ जना समेटिएका छन् । २९९ सदस्यीय केन्द्रीय समिति बनाउने वैधानिक व्यवस्था […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७/७८ का लागि स्नातकोत्तर तहका लागि सिट संख्या निर्धारण गरेको छ । आयोगले ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ । एमडी, एमएस, एमडीएस, एमएन, एमपीएच, एमएससीको लागि आयोगले सिट संख्या तोकेको हो । बी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, […]
धनगढी : सुदूरपश्चिमको साँस्कृतिक पर्व ‘भुवा’ आइतबारदेखि सुरु भइसकेको छ। महाभारतको कथा, पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन्। दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्। यो पर्व विषेश गरी सुदूरपश्चिमका तीन पहाडी जिल्ला […]
काठमाडौं । सोमबार हिमाली भेगका शेर्पा, लामा लगायत समुदायले धुमधामका साथ तोल ल्होसार मनाउँदैछन् । सबैभन्दा पुरानो ल्होसार मानिएको यो पर्व हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायत जिल्लामा मनाउने गरिन्छ । नेपालमा फरक–फरक जनजाति समुदायले छुट्टाछुट्टै ल्होसार मनाउने गर्दछन् । तमु ल्होसार पुसे १५ मा, सोनाम ल्होसार माघ प्रतिपदा र ग्याल्बो […]