होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनगणनाको प्रारम्भिक नतिजा चाँडै : तथ्यांक विभाग
समाचार

जनगणनाको प्रारम्भिक नतिजा चाँडै : तथ्यांक विभाग

  • नागरिक रैबार
जनगणनाको प्रारम्भिक नतिजा चाँडै : तथ्यांक विभाग

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा चाँडै प्रकाशन गर्ने जनाएको छ । जनगणनामा गणकले भरेका मुख्य प्रश्नावली किताबको बाहिरी आवरणमा उल्लेख गरेको विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशनको तयारी गरिएको हो ।

प्रश्नावली किताबको आवरणमा घर, परिवार, अक्सर बसोबास गर्ने महिला र पुरुष, विदेशमा रहेका महिला र पुरुषको संख्या समेटिएका छन् । विभागका उपमहानिर्देशक रेग्मीले प्रारम्भिक नतिजामा देशभरिको कुल जनसंख्या, हिमाल, पहाड, तराई, प्रदेश, जिल्ला र वडा तहसम्मको जनसंख्या सार्वजनिक गरिने जनाएका छन् । ‘प्रारम्भिकका निम्ति तीन चरणको काम भइसकेको छ‚’ केही जिल्लाको मात्र लगत केलाउन बाँकी रहेको उल्लेख गर्दै रेग्मीले भने‚ ‘यथासम्भव चाँडो पुस्तकका रूपमा प्रकाशन गर्ने लक्ष्य राखिएको छ ।’

प्रश्नावली किताबको आवरणमा उल्लेखित विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशन गरिने भएकाले अन्तिम नतिजामा केही फरक पर्नसक्ने समेत उनले जनाए । ‘पहिले पुस्तक प्रकाशन गर्ने कि प्रारम्भिक नतिजा सार्वजनिक गरेर पुस्तक प्रकाशन गर्ने भन्ने निर्णय गर्न बाँकी छ‚’ उनले भने । विस्तृत नतिजा प्रकाशन कार्य भने एकदेखि दुई वर्षभित्र सम्पन्न हुनेछ ।

विज्ञापन

यसैगरी विभागले जनगणना लगत प्रशोधन कार्यका लागि जनशक्तिको माग गरेको छ । उसले २०७९ असार मसान्तका लागि सय जना ‘कोडर/एडिटर’ र तीन सय जना ‘डेटा एन्ट्री अपरेटर’ गरी दुई किसिमको जनशक्तिको माग गरेको हो । यसअघि सुपरिवेक्षकजस्तै न्यूनतम स्नातक हासिल गरेकाले ‘कोडर/एडिटर’का लागि दरखास्त दिन पाउनेछन् ।

उनीहरूले जनगणनामा लिएको लगत फारामलाई संकेत नम्बर दिई प्रशोधन कार्य हुनेछ । त्यस्तै कम्प्युटर विषयमा प्रविणता प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण तथा तालिम प्राप्तले ‘डेटा एन्ट्री अपरेटर’मा आवेदन दिन पाउने विभागले जनाएको छ ।

देशभरिबाट संकलित जनगणना फाराम कुपण्डोलस्थित गोदाममा राखिएका छन् । लगत प्रशोधनका निम्ति थापाथलीस्थित विभागको हातामा रहेको तीनतले भवनलाई ‘डेटा सेन्टर’का रूपमा व्यवस्थापन गरिएको उपमहानिर्देशक हेमराज रेग्मीले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार