होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : नेकपा (एमाले)को केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना परेका छन्। एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा चयन भएका हुन्। एमालेको सचिवमा कैलालीका लेखराज भट्ट विजयी भएका छन्। यस्तै केन्द्रीय सदस्यमा भीम रावलसहित २५ जना विजयी भएका छन्। रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन्। एमालेमा […]
नेपाली काँग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ । यस्तै बागमती प्रदेशमा चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्ला अधिवेशन सम्पन्न भएको छैन […]
हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सो प्रणालीका […]
धनगढी : सुदूरपश्चिम सरकारले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न फेरि सूचना प्रकाशन गरेको छ। नेपालमै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गरेको हो। सुदूरपश्चिमका दलित, आदिवासी जनजाति, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिए क्षेत्रका जेहन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरिने सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखाका शाखा अधिकृत […]
नागरिक रैबार । मंसिर १४ बाजुरा । जात व्यवस्था उन्मूलन मोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ४ गते धनगढीको पार्कमोडबाट सुरु गरेको जात व्यवस्था उन्मूलनः जागरण एवं संगठनात्मक अभियान २०७८ सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार गरी सोमवार कञ्चनपुरमा एक कार्यक्रमका वीच सफलता पूर्वक समापन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको उक्त जनवर्गीय संगठनले […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी […]
बेनीः जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु भएको छ।म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको हो। बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु […]
वीरेन्द्र भट्ट, धनगढीः ‘बस्ने घर छैन। शरीर ढाक्ने फाँटो छैन। खाने अन्न छैन। कहाँ छ सरकार कहाँ छौँ हामी’ बाजुराकी गंगा सुनारले दुःख पोख्दै भनिन्। २ छाक खानकै लागि दिनभरी काम गर्दा पनि मजदुरी गरेको पैसा नपाएर भोकभोकै बस्नुपरेको पीडा बडिमालिका नगरपालिकाकी बस्दै आएकी ५७ वर्षीया सुनारको छ। सोमबार धनगढीमा आयोजित संकटासन्न व्यक्ति र समुदायका […]
धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनको बन्दसत्रमा ३०१ जना केन्द्रीय कमिटीको प्रस्तावित नाम सूची पेश गरेका छन्। उनले विगतको केन्द्रीय कमिटीका अधिकांसलाई समेट्दै नयाँ नामहरू थपेर पेश गरेका हुन्। उनले पेश गरेको सूचीमा सुदूरपश्चिमका २२ जना परेका छन्। प्रस्तावित केन्द्रीय कमिटिमा लेखराज भट्ट, कर्णबहादुर थापा, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, नरबहादुर […]
मङ्सिर १२, महोत्तरी । यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा […]
नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। तराईका भू-भागमा तुवाँलो लागेको छ। शनिबार प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखी […]
धनगढी : सुदूरपश्चिममा राजनीतिक दल सम्बन्धी ऐनको धज्जी उडाउदै सरकारी शिक्षक र कर्मचारी सक्रिय राजनीतिमा होमिएका छन्। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सरकारी कोषबाट तलब भत्ता खाने कुनै पनि कर्मचारी दलिय राजनीतिमा सहभागी हुनु गैरकानूनी हो। तर कानूनविपरीत काम गर्न सरकारी वेतनधारी नै अग्रसर भएको देखिएका छन्। शिक्षक तथा कर्मचारीलाई राजनीतिमा लाग्न दलहरुले नै […]
नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न […]
काठमाडौं । जनगणनाका दौरान तीन जना गणकको ज्यान गएको छ । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् । धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ । कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ । जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका […]
धनगढी : डोटीको दीपायलस्थित सेती नदीको पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन्। ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शुक्रबार दिउँसो महिलाले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले युवतीको अवस्था अज्ञात रहेको छ। उनको खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको […]
काठमाडौं । जनगणनाका दौरान छुटपुट भएका घरले ‘११७८’ मा कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् । आफ्नो घरमा गणक नआएको गुनासो आएमा गणकलाई सो घरमा पठाइने भएको केन्दि्रय तथ्यांक विभागले जनाएको छ । यस्तो काम ४/५ दिनसम्म जारी रहने छ । सो दौरान कात्तिक ९ सम्मको अवधि राखेर विवरण लिइने भएको छ ।
चितवन । मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि शुक्रबार चितवनमा दशौं राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । नारायणी नदी छेउमा आयोजना हुने उद्घाटन सत्रमा सहभागी हुन एमालेका नेता तथा कार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनको सरगर्मी बढेसँगै पदाधिकारी तथा केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले महाधिवेशन प्रतिनिधिसँग भेटघाट र छलफललाई तीव्र बनाएका छन् । […]
नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन कपिलवस्तुको शिवराजबाट नारायणगढ आइपुग्न महाधिवेशन प्रतिनिधि उपेन्द्रनाथ खनाललगायतको टोलीलाई रातभर लाग्यो । चर्को जामका कारण नारायणगढ आइपुग्न रातभर लागेको उनले बताए । ‘राति ९ बजे हामी शिवराजबाट चितवनका लागि हिँडेका थियौँ, चर्को जामका कारण आइपुग्न रातभर लाग्यो’, उनले भने, ‘बिहान ६ बजेमात्र आइपुग्न सफल भयौँ । दुई वटा […]
काठमाडौँ । सरकारले एकै पटक ४९ जना सह-सचिवको सरुवा गरेको छ । बिहीबार सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । बुधबारको मन्त्रीस्तरीय निर्णयले ४९ जनाको सुरुवा गर्ने निर्णय गरेको थियाे, साेही निर्णय अनुसार आज (बिहीबार) एके पटक ४९ जनाकाे सुरूवा तथा पदस्थापन गरिएकाे हाे । हालै सहसचिवमा बढुवा भएका १८ जनाको […]
पाँचथरको हिलिहाङ गाउँपालिका-४ को सिद्ध माध्यमिक विद्यालयमा भगिश्वर योङहाङ प्रधानाध्यापक थिए। गत शनिबार भएको कांग्रेसको प्रदेश सभा अधिवेशनमा उनी प्रदेश ‘क’को क्षेत्रीय सभापतिमा निर्वाचित भए। शिक्षक हुँदाहुँदै राजनीतिक दलको पदाधिकारी बन्ने योङहाङ प्रतिनिधि पात्र हुन्। महाधिवेशन प्रक्रियामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलगायत दलहरूले दर्जनौं शिक्षक/प्राध्यापकलाई वडा तहदेखि महाधिवेशन प्रतिनिधिसम्म बनाएका छन्। कानुनविपरीत शिक्षक/प्राध्यापक र […]