होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले २७ जिल्लाका पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिएको हो । सोही समूहलाई दोस्रो मात्रा खोप भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको छ । […]
अछाम: अछाममा मृत फेला परेका किशोर विनोद शाहीको शव ४ दिनसम्म पनि उठ्न सकेको छैन। पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। यहि जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन्। […]
परासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् । यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका प्रमुख एसपी ऋषिराम कँडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार यादवको साथबाट […]
मुगु । जिल्लाको खत्याड गाउपालिका–४ पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । मंगलबार बिहान भएको आगलागीबाट खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले नष्ट भएको गाउँलेले बताएका छन् । आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो । बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा […]
सप्तरी । सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफलेले जानकारी दिए । दुर्घटनामा […]
अछाम‚ काठमाडौं‚ वीरेन्द्रनगर — मुगुको छायानाथ रारा नगरपालिकाकी २२ वर्षीया मैनसरा विकले १८ वर्षको उमेरमा विवाह गरिन् । ६ महिनापछि गर्भ रह्यो । न उनले स्वास्थ्यको ख्याल गरिन् न परिवारले नै चासो दिए । सामान्य अवस्थामा जस्तै उनले आफूले सक्नेजति काम गरिरहिन् । अन्ततः उनको बच्चा ३ महिनामै खेर गयो । त्यति हुँदाहुँदै पनि मैनसराको शरीरले पोसिलो आहारा पाएन । त्यसपछिका […]
सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीय बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । उनी नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा हजुरआमासँगै गएकी थिइन् । उनी त्यहीबाट वेपत्ता भएकी थिइन् । आफन्तले सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म नफर्केपछि […]
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीले विद्यार्थी विशेष जिल्ला कमिटी निर्माण गरेको छ ।समाजवादीले अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विशेष जिल्ला कमिटी गठन गरेको हो । कमिटीको सदस्यहरूमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री वि.सी., अनु आँकुरा, प्रदीप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, […]
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् […]
नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा वर्षा भइरहेको छ । सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा […]
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको १०औं अधिवेशनको पाँचौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नयाँ नारासहित अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर बृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ। हाल सञ्चालनमा […]
सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार तीन पर्वमा प्रदेशका सबै जिल्ला र अन्य तीन पर्वमा केही जिल्लामा गरी ६ दिन सार्वजनिक […]
काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ । नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो […]
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनमा १८, भदौमा […]
बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले चौथो पटक निर्वाचन अधिकृत फेरबदल गरेको छ । आयोगले बुढीगंगाको निर्वाचन अधिकृतमा चार दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा कार्यरत लक्ष्मणबहादुर कठायतलाई तोकेको हो । कठायतभन्दा अगाडि अटाएका तीन जना निर्वाचन अधिकृत फिर्ता भइसकेको छन् । कठायत पनि बाजुरा पुगेका छैनन् । […]
काठमाडौं । सुदूरपश्चिम र मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याउन दुवै प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ । मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले […]
अछाम — अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो । मृतक शाही एमाले […]
सरकारी सञ्चारमाध्यमका प्रमुखहरुले श्रमजीवी पत्रकार ऐनले गरेको व्यवस्थाअनुसार कार्यरत पत्रकारलाई सेवा सुविधा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । आज काठमाडौंमा भएको छलफलमा सरकारी सञ्चार माध्यमका प्रमुखहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ऐन अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको श्रमजीवी पत्रकारहरुको पारिश्रमिक कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले करार र […]
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् । महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको […]