होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो । मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र […]
जनकपुरधाम । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिए । शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रती संशय उत्पन्न हुने […]
काठमाडौं । नेपाली कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने भएको छ । सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा बनेको अडियो तथा भिडियोले उक्त पुरस्कार प्राप्त गर्ने जनाएको छ । गीत सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन अनुरोध गरिएको छ । केन्द्रीय प्रचार प्रसार सांस्कृतिक समन्वय उपसमितिका संयोजक डिबी […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ८ वैशाख (२१ अप्रिल) नेपालमा आउने जानकारी दिए । ‘नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो । ३ दिनको उच्चस्तरीय भ्रमणमा […]
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा देशैभर आफ्नो सामर्थ्यले लड्ने बताएका छन् । चितवनमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अन्य पार्टीसँग औपचारिक रुपमा गठवन्धनबारे कुरा नचलाएको बताए । उनले भने, अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसँग पनि चलाएको छैन । […]
स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ । सातै प्रदेश एक÷एक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो । शुक्रबार जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी […]
काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक सोचसहित प्रदेशको समृद्धि एवं विकासका लागि नयाँ वर्षले प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। आज नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा समाजिक न्याय, सद्भाव, सुमधुर सम्बन्ध बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन्। नयाँ वर्षले […]
वीरगञ्ज । बारामा आज बिहान स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका-२१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् । दुर्घटनामा जीपमा सवार १३ जना घाइते […]
बारामा भरूवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ। जितपुर-सिमरा उपमहानगरपालिका-१६ डकाह टोलका २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। उनकाअनुसार मगर दुधौरा खोलामा माछा मारेर फर्किएका थिए। त्यसक्रममा नजिकै सपरू घारीमा सिकारीले जंगली जनावर मार्न राखेको धराप (भरूवा बन्दुक) पड्किँदा उनको मृत्यु भएको हो। […]
काठमाडौं । आज विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ […]
१ वैशाख, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसुु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताए । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र […]
ओखलढुङ्गा । ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।सोलुखुम्बुबाट विराटनगरका तर्फ जाँदै गरेको बा१७च १०९४ नम्बरको जीप बिहीबार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक […]
गलकोट । बागलुङको ताराखोला गाउँपालिका-३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ ।उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धवलागिरि क्याम्पसबाट दश जोड दुई […]
काठमाडौँ- सत्तारुढ राजनीतिक दलबीच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णयविरुद्ध चितवनको भरतपुर महानगरपालिकापछि चन्द्रपुर नगरपालिका रौतहट पनि सोही निर्णयमा पुगेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुर महानगरपालिका कांग्रेसका स्थानीय तहका नेता विपक्षमा उभिएको सार्वजनिक भइरहेको बेला नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहट, चन्द्रपुर पनि गठबन्धनको विपक्षमा […]
मनाङ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ ।गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार थापालाई उच्च रक्तचाप […]
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी […]
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना विजर, आन्द्रेस लाज्लो किराली, ह्युगो हाभियर गोबी, क्यामरुन डीन म्याके र डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् […]
धनगढीः बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो। प्रहरीका अनुसार डुबेर बित्थड चिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो। दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसअघि पनि बाहुलीगाडमा डुबेर एक जनाको मृत्यु भएको […]
बझाङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्। बझाङ सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए। उनले पाँच दललाई बाख्राको संज्ञा दिए। ‘पाँचवटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन, ‘उनले भने, ‘उहाँहरु एमालेसँग चुनाव लड्न […]