होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ असोज कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट भएर आगो लागेको थियो । ग्यास विस्फोटमा परी ७० बर्षका विष्ट, उनकी ६५ बर्षीया श्रीमती बिर्मा विष्ट र १५ बर्षकी नातिनी महेश्वरी विष्ट घाइते भएका थिए । […]
धनगढी: बैतडीको सुर्नया गाउँपालिका–५ का वडाअध्यक्ष केशब मडैको निधन भएको छ। उपचारका लागि लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो। पहिलोदेखि उनी जन्डीसको समस्याले ग्रसित रहेको थिए। बिहीबार बिहान एक्कासी बिरामी भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा पालिकाका समाजिक परिचालक कृष्ण राज मडैले जानकारी दिए।
धनगढीः सुदूरपश्चिममा १३ सय बढि कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बुधबार प्रदेशमा ९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार तीन सय दुई पुगेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा गरी संक्रिय संक्रमितको संख्या एक हजार तीन सय दुई रहेको जनाएको छ। निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा धेरै सात सय २५ जना […]
२७ असोज, डोटी । सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान मंगलबार बझाङ पुगेको छ । कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको हो । बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त विहान धनगढी फर्केको छ । २०३५ सालमा धुले धावनमार्गमा […]
धनगढी: सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन्। कैलाली र कंचनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा प्रदेश फुटबल संघको तदर्थ समितिको अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। कंचनपुरको महेन्द्रनगरमा आज भएको भेलाले संघको उपाध्यक्षद्वयमा राघवेन्द्र कार्की (कैलाली) र तेज बहादुर चन्द (कंचनपुर) लाई चयन […]
धनगढीः धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी भएको छ।धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती दुई लाख नगद सहित करिब ३० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जोशीको घरको ताल्चा फुटाएर नगद सहित करिब ३० […]
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका ४३ स्वास्थ्य संस्थाको स्तरोन्नति हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार प्रदेशका ४३ स्वास्थ्य संस्थाहरु स्तरोन्नति गरेर अस्पताल बनाइने भएको हो । मन्त्रालयकाअनुसार सुदूरपश्चिम प्रदेशमा १३ वटा १५ शैय्या र ३० वटा वटा १० शैय्याका अस्पताल निर्माण गरिनेछ । बझाङ्ग, बुङ्गल नगरपालिकाको सितरातढी […]
२३ असोज, कैलाली । बाजुराको बुढीनन्दा नगरपालिका वडानम्बर ४ की २३ वर्षीय अम्बकला रोकायालाई बिहीबार व्यथा लाग्यो । परिवारले नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा लैजाने तयारी गरे, तर बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति थिएन । स्वास्थ्य इकाइमा रहेका अनमी र अहेब पनि कार्यालय सहयोगीलाई जिम्मा लगाएर कोल्टी गएका रहेछन् । अम्बकलालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र […]
धनगढीः चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक समेत आन्दोलित भएका छन्। प्राध्यापक डा. केसीको जीवन रक्षा गरी चिकित्सा शिक्षाको सुधारका लागि उनले उठाएका माग सम्बोधन गर्न दबाब दिन सुदूरपश्चिमका चिकित्सकहरु समेत अन्दोलित भएका छन्। चिकित्सक संघ सुदूरपश्चिमको अगुवाईमा सुरु भएको दबाबमुलक आन्दोलन अन्तरगत आज दुई […]
धनगढी– सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ। प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले दुई सय २८ प्रहरी मध्ये एक सय २४ जना संक्रमण मुक्त भएका छन् भने एक सय चार जना […]
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आईतवार २५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ का सात जना र वडा नम्वर ३ का दुई जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी […]
डोटी: संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन्। कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन। दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका […]
धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने बताएका छन्। लामो समयदेखी बन्द रहेका सुदूरपश्चिम प्रदेशका ३ विमानस्थलको निरक्षणका लागि डोटी पुगेका उनले विमानस्थललाई नियमित रुपमा संचलान गर्न आफ्नो मन्त्रालय चिन्तीत रहेको बताएका छन्। साथै उनले अझै दिपायल विमानस्थलमा केहि गर्न बाँकी देखिएको बताएका छन्। रनवे बढाउनुपर्ने देखिएकाले त्यसका लागि […]
१७ असोज कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा अब नियमित विमान चल्ने बताएका छन् । शनिवार धनगढी विमान स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भट्टराईले तत्काल पहाडका ३ जिल्लामा विमान पुग्ने र बाँकी जिल्लामा पनि विमान पुर्याउने योजना रहेको बताए । पहाडी ३ जिल्लाको हवाई उडान सेवाको […]
सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको शनिबार एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो । यात्रु अभावका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका तीन जिल्लाका तीनवटा विमानस्थलमा आज उडान हुने सांसद प्रेमबहादुर आलेमगरले जानकारी दिनुभयाे कालोपत्रेको काम सम्पन्न गरी उडानको तयारीमा रहेका विमानस्थलको पर्यटन […]
धनगढीः संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई सहितका १६ जना यात्रु लिएर धनगढीबाट डोटीका लागि जहाज उडेको छ। धनगढी–डोटी हवाई उडान सेवाको परीक्षण उडानका लागि मन्त्री भट्टराई सहितको टोली डोटीका लागि समिट एयरको जहाज उडेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ। डोटीपछि आजै बैतडी र बझाङमा समेत परीक्षण उडानको उद्घाटन गर्न कार्यक्रम तय भएको छ। […]
धनगढी– धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि भोली परीक्षण उडान हुने भएको छ। समिट एयरले भोली धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। अहिले धनगढी–बाजुरा […]
बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोराले प्रहरीसँगको साबितीमा आरोप स्वीकार गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार उनले आरोप स्वीकार गरेका हुन् । राजेन्द्रले आफूले सम्झनालाई मन पराउने गरेकोसमेत बताएका छन् । सम्झनाका आमाबुबा भारतमा थिए […]
काठमाडौ । प्रतिनिधिसभाकी नेकपा सांसद आशाकुमारी विश्वकर्माले बलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग गरेकी छिन् ।गृहमन्त्री रामबहादुर थापासँग साेमबार सिंहदरवारमा भएको भेटमा सांसद् विश्वकर्माले गृहमन्त्रीसँग यस्तो माग राखेको बताइन् । उनले पछिल्लो समयमा बलात्कारपछि हत्या गर्ने क्रम बढेकाले कडा कानुनको खाँचो रहेकोमा जोड दिएकी थिइन् । ‘सामान्य सजायले पुग्दैन, अब बलात्कारीलाई फासीको सजाय दिनुपर्छ अनिमात्र यस्ता […]