होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा अनलाइन कक्षा प्रभावकारी नभएको गुनासो
समाचार

सुदूरपश्चिममा अनलाइन कक्षा प्रभावकारी नभएको गुनासो

  • नागरिक रैबार
सुदूरपश्चिममा अनलाइन कक्षा प्रभावकारी नभएको गुनासो

 धनगढी: कोरोना भाइरसका कारण नियमित पठनपाठन बन्द हुँदा सुदूरपश्चिमका विद्यार्थीहरु अन्यौलतामा परेका छन्।  अघिल्लो शैक्षिक शत्रमा सिकेका कुरा बिर्सिने चिन्ता र यो शैक्षिक शत्रमा विद्यालय नखुलेको हुँदा उनीहरुमा निरासा छाएको छ।

आफ्नो पढाइ बिग्रने होकी भनेर धनगढीको पञ्चोदय माविको कक्षा १० मा अध्ययनरत छात्रा प्रगती पनेरु चिन्तित छिन्। उनले वैशाखदेखि सुरु हुनुपर्ने शैक्षिक शत्र असोजमा आएर सुरु भएपनि सिकाइ उपलब्धि न्युन हुने भन्दै संदेह गरेकी छिन्।

उनी जस्तै अन्य विद्यार्थीहरु यस वर्ष केहि नयाँ कुरा सिक्न नपाएको भन्दै आफ्नो भविष्यप्रति चिन्तित बनेका छन्। उसो त विभिन्न विद्यालयले सरकारले भनेअनुसार वैकल्पिक सिकाइ माध्यमबाट अध्यापन गराइरहेको छ। धनगढीको ऐश्वर्य विद्या निकेतमा अध्ययनरत छात्र प्रज्वल बिनाडीले अनलाइन कक्षाले अहिलेको जटिल परिस्थितिमा केहि राहत दिएको बताएका छन्।

विज्ञापन

तर धेरैजसो विद्यार्थीहरुले उक्त प्रणाली प्रभावकारी नभएकोे गुनासो गरेका छन्। साथै विद्यार्थीका अभिभावक र विज्ञहरुले समेत उक्त विधी त्यति प्रभावकारी नभएको बताएका छन्। शहरमा वैकल्पिक प्रणाली धेरै खर्चिलो भएको र ग्रामिण क्षेत्रमा इन्टरनेट र विद्युत्त सेवाको पहुँच नपुगेका कारण विद्यार्थीहरु सिकाइ उपलब्धिबाट बन्चित भएका छन्।

प्रदेशका ग्रामिण क्षेत्र र विपन्न वर्गका लागि अनलाइन कक्षा सहयोगीभन्दा आर्थिक समस्या निम्त्याउने कारण बनेको गुनासो गरिएको छ। अनलाइन कक्षामा लगातार तीन÷चार घण्टा मोबाइल हेरेर बस्नुपर्दा विद्यार्थीले केहि सिक्नु भन्दापनि मानसिक र शारीरिक समस्या भोग्नु परिरहेको अभिभावकहरुको गुनासो रहेको छ। धनगढीका अभिभावक यमनाथ सिग्देलले अनलाइन कक्षा प्रभावकारी नभएको र उपलब्धीमुलक भन्दा प्रचारमुखी भएको बताए।

यस्तै कक्षामा भौतिक रुपमा उपस्थित नभइकन दूर सिकाइबाट हुने मूल्यांकनबारे समेत विद्यार्थीले आशंका गरेका छन्। भौतिक रुपमा कक्षा कोठामा उपस्थित नभइ अनलाइनबाट भइरहेको मुल्यांकनले सबै कुरा समेट्न नसकेको उनीहरुको गुनासो छ।

सरकारले अनलाइन माध्यमलाई पठनपाठनको विकल्पको रुपमा अघि सारेपनि विश्वविद्यालय तहमा भने यो प्रभावकारी नदेखिएको शिक्षकहरुले बताएका छन्। यस विषयमा  प्राध्यापक डाक्टर हेमराज पन्त भन्छन्, ‘विश्वविद्यालय तहका झण्डै २५ प्रतिशत विद्यार्थी अनलाइनकक्षाको पहुँच बाहिर रहेकाले यो प्रभावकारी विकल्प होइन।’ साथै उनले  विद्यालय तहमा अनलाइनको पहुँच बाहिरको संख्या निकै उच्च रहेकाले सरकारले छिट्टै उपयुक्त उपाय खोज्नुपर्ने बताएका छन्। ‘अनलाइन कक्षा पठनपाठनको नियमित साधन होइन। दुर्गम र विपन्न वर्गका लागि यो बोझिलो साबित भएको छ’ उनले भने, ‘छिट्टै विद्यालयमा उपस्थित भएर पठनपाठन गर्न नसकिए सरकारले शिक्षा प्रणालीमा पुर्नरसंरचना गर्नुपर्ने हुनसक्छ।’

नयाँ शैक्षिक शत्रको ५० प्रतिशत समय गुज्रिएको भएपनि कोरोना भाइरसका कारण बालबालिका विद्यालय जान पाएका छैनन्। विद्यार्थीहरुको सिकाइ उपलब्धि सुनिश्चित गर्न र उनीहरुमा मनोबैज्ञानिक विचलन आउन नदिन सरोकारवालाहरुको बेलैमा ध्यान जान आवश्यक रहेको विज्ञहरुको सुझाव छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार