होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डा.केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक आन्दोलित
समाचार

डा.केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक आन्दोलित

  • नागरिक रैबार
डा.केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक आन्दोलित

धनगढीः चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक समेत आन्दोलित भएका छन्। प्राध्यापक डा. केसीको जीवन रक्षा गरी चिकित्सा शिक्षाको सुधारका लागि उनले उठाएका माग सम्बोधन गर्न दबाब दिन सुदूरपश्चिमका चिकित्सकहरु समेत अन्दोलित भएका छन्।

चिकित्सक संघ सुदूरपश्चिमको अगुवाईमा सुरु भएको दबाबमुलक आन्दोलन अन्तरगत आज दुई घण्टा आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा चिकित्सकहरुले बहिस्कार गरेका छन्। चिकित्सक संघले बिहान ९ देखि ११ बजे सम्म दुई घण्टा अस्पतालहरुमा अन्य सेवा बहिस्कार गरेका हुन्।

यस्तै उनीहरुले आज हातमा कालोपट्टी बाँधेर काम गर्ने र माग पूरा नभए शुक्रबार आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने चेतावनी दिएका छन्। चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद जोशीले प्राध्यापक डाक्टर केसीले उठाएका जायज माग सम्बोधनमा सरकारले बेवास्ता गरेकाले कोरोना भाईरसको महामारीमा पनि आन्दोलनमा उत्रिनु परेको बताए।

विज्ञापन

सरकारले ढिलोगरी वार्ता टोली गठन गरेको बताउँदै सहमती नभए शुक्रबार पनि आन्दोलनका कार्यक्रम जारी रहने बताए। ‘केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै आएका छौँ। प्रदेशमा पनि सोही आधारमा विरोधका कार्यक्रम गर्ने छँौ।’ उनले भने, ‘प्रदेशमा छुट्टै खालका दबाब मुलक कार्यक्रम पनि गर्ने की भन्ने विषयमा छलफलमा गरिरहेका छौँ। डा. केसीले उठाएका माग पूरा नभए सम्म आन्दोलनका कार्यक्रमबाट पछि हट्दैनौँ। आन्दोलनका कार्यक्रम प्रत्येक दिन कठोर हुँदै जानेछन्।’

चिकित्सक संघ सुदूरपश्चिमका सचिव प्रदिप मिश्रले शिक्षा आयोग, मेडिकल कलेजमा भईरहेको बेथिति लगायतका विषय नियमन भएको दावी गरे। तर पछिल्लो ६ बुँदे मागमा भने सरकार गम्भीर नभएको उनको दावी छ।  ‘गेटा मेडिकल कलेजको काम तिव्र गतीमा भईरहेको छ। मेडिकल कलेज स्थापना हुनुमा मुख्य देन केसी डाक्टर सापकै हो।’ उनले भने, ‘सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या छन्। डाक्टर केसीले उठाएका मुद्दा सम्बोधन भए मात्रै ती समस्या सामाधान हुन्छन्। केसीले उठाएका मागहरु पुरा भए, नेपाललाई स्वास्थ्य क्षेत्रमा विश्वकै नमूना देशका रुपमा चिनाउन सक्छौ।’

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए। उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो।

उनी हाल त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा छन्। केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। उक्त टोलीले आज केसीका माग बारे वार्ता गर्दैछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार