होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान रामबहादुर बिकले तस्करको समूहले हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताइसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका भनाईमा, ‘मटर तस्करीमा प्रहरीबाट अवरोध हुने तस्करहरुलाई पहिले नै आशंका थियो । उनीहरुले योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ । वारीबाट […]
धनगढी, कात्तिक ५ गते । गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नुभएको थियो, उहाँले । त्यही कारण […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय २ जना कोरोनाका संक्रिय संक्रमित रहेको पाईएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा उक्त संख्यामा संक्रिय संक्रमित रहेको जनाएको छ । निर्देशनालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कैलालीमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् । कैलालीमा ६ सय ३६ जना संक्रिय संक्रमित रहेको छन् । यस्तै डोटीमा १ […]
धनगढीः कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ८४ जनाको परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, जानकी गाउँपालिकाका ४ जना, त्यसैगरी टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका ३/३ जना, भजनी नगरपालिका […]
धनगढीः मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको खुलेको छ । साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको जानकारी दिए । यस्तै प्रहरी सहायक निरिक्षकको हराएको […]
धनगढी :अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न गिरोह पक्राउ परको प्रहरी स्रोतले जनाएको छ । ‘बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा […]
धनगढी — सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् । भत्ताबापत राज्य कोषबाट उनीहरुका लागि ३५ लाख २९ हजार अतिरिक्त भुक्तानी गरिएको छ । सम्बन्धित कार्यालयहरुले मुख्यमन्त्रीलाई ७१ हजार, मन्त्रीहरुलाई ६३ हजार र प्रदेशसभा सदस्यहरुले ५६ हाजर ५ सय दसैं भत्ता भुक्तानी गरिएको बताएका छन् । प्रदेशसभा सचिवालयले […]
२ कात्तिक, काठमाडौं । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए । असईको शव मोहना नदीमा फेला परेको छ […]
धनगढीः अब धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित हवाई सेवा सञ्चालन हुने भएको छ । उडान तालिकाको टुङ्गो लागेसँगै समिट एयरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने भएको हो । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले तीन वटै जिल्लामा समिटले नियमित उडान गर्ने जानकारी दिए। थापाका […]
बझाङ: बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि हिडेको जीप जयपृथ्वी नगरपालिका–११ भोपुर आर्मी व्यारेक नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। टाउको र शरीरमा चोट लागेर गम्भीर बनेका जयपृथ्वी नगरपालिका–११ का २१ वर्षीय अग्निराज जोशीलाई जहाजमार्फत उपचारका लागि धनगढी लगिएको […]
चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादसैं, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् । जारी निषेधाज्ञाअनुसार वडादसैंका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्न रोक लगाइएको छ । चाडपर्व मनाउँदा […]
धनगढी: कोरोना भाइरसका कारण नियमित पठनपाठन बन्द हुँदा सुदूरपश्चिमका विद्यार्थीहरु अन्यौलतामा परेका छन्। अघिल्लो शैक्षिक शत्रमा सिकेका कुरा बिर्सिने चिन्ता र यो शैक्षिक शत्रमा विद्यालय नखुलेको हुँदा उनीहरुमा निरासा छाएको छ। आफ्नो पढाइ बिग्रने होकी भनेर धनगढीको पञ्चोदय माविको कक्षा १० मा अध्ययनरत छात्रा प्रगती पनेरु चिन्तित छिन्। उनले वैशाखदेखि सुरु हुनुपर्ने शैक्षिक शत्र असोजमा आएर […]
२९ असोज, डोटी । डोटीको बोगटान फुडसिल गाउँपालिका–५ का एक महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक महिने बालकमा संक्रमण पुष्टि भएको बोगटान फुडसिल गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम बोगटीले जानकारी दिए । उनका अनुसार संक्रमित शिशुको आमा र बुवालाई पनि कोरोना संक्रमण देखिएको छ । रोजगारीको सिलसिलामा […]
२९ असोज कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट भएर आगो लागेको थियो । ग्यास विस्फोटमा परी ७० बर्षका विष्ट, उनकी ६५ बर्षीया श्रीमती बिर्मा विष्ट र १५ बर्षकी नातिनी महेश्वरी विष्ट घाइते भएका थिए । […]
धनगढी: बैतडीको सुर्नया गाउँपालिका–५ का वडाअध्यक्ष केशब मडैको निधन भएको छ। उपचारका लागि लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो। पहिलोदेखि उनी जन्डीसको समस्याले ग्रसित रहेको थिए। बिहीबार बिहान एक्कासी बिरामी भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा पालिकाका समाजिक परिचालक कृष्ण राज मडैले जानकारी दिए।
धनगढीः सुदूरपश्चिममा १३ सय बढि कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बुधबार प्रदेशमा ९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार तीन सय दुई पुगेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा गरी संक्रिय संक्रमितको संख्या एक हजार तीन सय दुई रहेको जनाएको छ। निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा धेरै सात सय २५ जना […]
२७ असोज, डोटी । सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान मंगलबार बझाङ पुगेको छ । कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको हो । बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त विहान धनगढी फर्केको छ । २०३५ सालमा धुले धावनमार्गमा […]
धनगढी: सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन्। कैलाली र कंचनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा प्रदेश फुटबल संघको तदर्थ समितिको अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। कंचनपुरको महेन्द्रनगरमा आज भएको भेलाले संघको उपाध्यक्षद्वयमा राघवेन्द्र कार्की (कैलाली) र तेज बहादुर चन्द (कंचनपुर) लाई चयन […]
धनगढीः धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी भएको छ।धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती दुई लाख नगद सहित करिब ३० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जोशीको घरको ताल्चा फुटाएर नगद सहित करिब ३० […]
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका ४३ स्वास्थ्य संस्थाको स्तरोन्नति हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार प्रदेशका ४३ स्वास्थ्य संस्थाहरु स्तरोन्नति गरेर अस्पताल बनाइने भएको हो । मन्त्रालयकाअनुसार सुदूरपश्चिम प्रदेशमा १३ वटा १५ शैय्या र ३० वटा वटा १० शैय्याका अस्पताल निर्माण गरिनेछ । बझाङ्ग, बुङ्गल नगरपालिकाको सितरातढी […]