होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड, आर्सनल र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएका खेलहरु जित्दै यी क्लब राउण्ड अफ ३२ मा पुगेका हुन् । युनाइटेडले घरेलु मैदानमा वाटफोर्डलाई १-० ले हरायो । युनाइटेडको जितमा खेलको पाँचौ मिनेटमै स्कट म्याटोमिनेले गरेको गोल निर्णायक बन्यो […]
२४ पुस, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान आइसोलेसनमा बसेका छन् । कोभिड-१९ पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा रहेपछि जिदान सेल्फ आइसोलेसनमा बसेका हुन् । जसले गर्दा उनले बिहीबारको प्रशिक्षण समेत गुमाए । भाल्डेबेबासमा भएको क्लबमा प्रशिक्षणमा जिदान उपस्थित हुन सकेनन् । त्यसपछि जिदानले कोभिड-१९ परिक्षण गराएको र उनको एन्टिजन र पिसिआर […]
२३ पुस, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको एसी मिलानले यस सिजनको पहिलो हार व्यहोरेको छ । गएराति भएको खेलमा मिलान घरेलु मैदानमै साविक विजेता युभेन्ट्ससँग ३-१ ले पराजित भएको हो । त्यसअघि दोस्रो स्थानको इन्टरमिलान पनि साम्पडोरियासँग पराजित भएको थियो । जसले गर्दा एसी मिलान अझै शीर्ष स्थानमै यथावत रहेको छ […]
२२ पुस, काठमाडौं । टोटनहम हट्सपर लिग कप (इएफएल कप) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटनहमले फाइनलमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनहमले दुवै हाफमा एक/ एक गोल गरेको थियो । खेलको १२औं मिनेटमा माउसा सिकोले गोल गर्दै टोटनहमलाई […]
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्।सामाजिक सञ्जालमा उनले आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् । उनले आफ्नो उपचारमा संलग्न डाक्टर र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। गएको मंसिर २६ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। ‘२५ दिनपछि अन्ततः कोभिड नेगेटिभ देखिएको छ।’ फेसबुकमा […]
कास्की– गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकूद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, […]
काठमाण्डाै – लुम्बिनीलाई १० विकेटले हराउँदै प्रदेश १ प्रधानमन्त्री कप क्रिकेटको फाइलनमा पुगेको छ । दाङको लमहीमा लुम्बिनी प्रदेशले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । उसका लागि रुवीना क्षेत्रीले २६ र काजल श्रेष्ठले २२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १४ […]
१८ पुस, काठमाडौं । प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले लिग लिडर लिभरपुलसग अंक बराबरी गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलको ४०औं मिनेटमा एन्टोनी मार्सियलले आरोन विन बिसाकाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा […]
१५ पुस, काठमाडौं । मार्कुस रासफोर्डले इन्जुरी टाइममा गरेको निर्णायक गोलको मद्दतमा वल्भ्सलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा रासफोर्डकै एक मात्र गोलमा वल्भ्सलाई १-० ले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लेको हो । ९० मिनेटसम्मको खेल गोलरहित बराबरी बनेपनि इन्जुरी टाइमको चौथो मिनेटमा रासफोर्डले ब्रुनो […]
१४ पुस, दाङ । सुदूरपश्चिम प्रदेशले दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्यो । खेलमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ […]
१४ पुस, काठमाडौं । केलेची इहनाचोले पेनाल्टी गुमाएपनि हार्भे बार्न्सले खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गरेपछि लेस्टर सिटीले प्रिमियरल लिगमा क्रिस्टल प्यालेससंग अंक खोसेको हो । लिगअन्तर्गत सोमबार भएको खेलमा लेस्टर र क्रिस्टलले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । क्रिस्टल प्यालेसको मैदानमा लेस्टरले १८औं मिनेटमा पेनाल्टी पाएको थियो । तर […]
काठमाडौं । डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–ट्वान्टी) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । २६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको महिला टोली घोषणा भएको छ । बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । पुस ११ गतेदेखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको कूल ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । सुदूरपश्चिम टिमको उपकप्तानमा रुवी पोदार छिन् । यस्तै टिमको […]
दाङ : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ। दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई […]
८ पुस, काठमाडौं । इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्सले यस सिजनको पहिलो हार बेहोरेको छ । सिरी ए को गएराति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्ट्स घरेलु मैदानमै फियोरेन्टिनासँग ३-० ले पराजित भयो । युभेन्ट्सको मैदानमा भएको खेलको तेस्रो मिनेटमा डुसान भ्लाहोभिकले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा जुवान क्वाड्राडोले […]
८ पुस, काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३-० ले पराजित गर्दा एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । […]
७ पुस, काठमाडौं । पोलिस फरवार्ड अहिले विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । एलिएन्ज एरेनामा जादु देखाउने लेवान्डवस्की कुनै बेला इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड जान तयार भएका थिए । बायर्न म्युनिखका स्ट्राइकर लेवान्डवस्कीले सन् २०१२ मै युनाइटेडसँग कुरा भएको खुलासा गरे । युनाइटेड जानका लागि सर एलेक्स पर्गुसनसँग कुराकानी भएको उनले सार्वजनिक गरेका छन् […]
५ पुस, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले सिरी ए मा पार्मामाथि शानदार जित हात पार पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले पार्मालाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो । रोनाल्डोले खेलको २६औं र ४८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि २३औं मिनेटमा डेजान कुलुस्भेक्सकीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए […]
५ पुस, काठमाडौं । लिओनल मेसीले पेलेको कीर्तिमान बराबरी गरेको स्पानिस ला लिगाको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । लिगअन्तर्गत शनिबार भएको खेलमा दुवै टोलीले एक-एक पटक अग्रता लिए पनि अन्त्यमा खेल २-२ को बराबरीमा सकियो । घरेलु मैदानमा बराबरी खेलेपछि बार्सिलोनाले यस सिजन सातौं पटक अंक गुमाएको छ । १३ खेल खेल्दा बार्सिलोनाले […]
४ पुस, काठमाडौं । बोरुसिया डर्टमण्डले यस सिजन जर्मन बुण्डेसलिगामा उतारचढावपूर्ण प्रदर्शन गरिरहेको छ । युउसोफा माउकोले बुण्डेसलिगामा गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान बनाउँदा पछिल्लो खेलमा भने डर्टमण्ड युनियन बर्लिनसँग पराजित भएको छ । युनियनले घरेलु मैदानमा डर्टमण्डलाई २-१ ले पराजित गरेको हो । खेलको पहिलो हाफमा गोलरहित बने पनि ताइवो आवोनियीले ५७औं मिनेटमा गोल […]