होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ फागुन, काठमाडौं । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो । पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २-१ ले पराजित गरेको […]
२५ फागुन, काठमाडौं । पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सहभागी नेपाली महिला फुटबल खेलाडीहरुले गोलको वर्षा गरेका छन् । नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले च्याम्पियनसिपमा सियालकोट सिटीलाई १९-० को फराकिलो अन्तरमा पराजित गरेको हो । जसमा नेपालका खेलाडीले मात्रै १७ गोल गरे । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा खेलेको […]
२५ फागुन, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टरले एटलान्टालाई १-० ले पराजित गरेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ । मिलन स्क्रिनियरको एक मात्र गोलको मद्दतमा इन्टरले जित हात पारेको हो । स्क्रिनियरले ५४औं मिनेटमा निर्णायक गोल गरा थिए । जितपछि इन्टरले २६ खेलबाट […]
२४ फागुन काठमाडौं । पूर्वअध्यक्ष जोन लापोर्टा स्पानिस क्लब बार्सिलोनाको अध्यक्षमा पदमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट सर्वाधिक मत ल्याउँदै लापोर्टा अध्यक्ष पदकमा नियुक्त भएका हुन् । अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । स्पानिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रोपटक अध्यक्ष चुनिएका हुन् । […]
२३ फागुन, काठमाडौं । इन्डियन प्रिमिय लिग आईपीएल टी-२० को १४औं संस्करण अप्रलि ९ देखि सुरु हुने भएको छ । भारतको विभिन्न ६ शहरमा हुने आईपीएल मे ३० सम्म सञ्चालन हुनेछ । खेलहरु अहमेदावाद, बैंगलुरी, चेन्नाई, दिल्ली, मुम्बई र कोलकतामा हुने र प्रतियोगिताका खेलहरु क्लोज डोरमा हुने क्रिकइन्फोले जनाएको छ । ६ शहरमा हुने […]
२१ फागुन, काठमाडौं । स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ ।विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३-२ ले पराजित गर्दै बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो । विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो […]
२० फागुन, काठमाडौं । प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड क्रिस्टल प्यालेससंग बराबरीमा रोकिएको छ । बुधबार राति क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको गोलरहित बराबरीमा टुङ्गिएको हो । बराबरीपछि दुवै टिमले समान १ अंक जोडे । खेलमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । युनाइटेड बराबरीमा रोकिँदा शीर्ष स्थानको म्यानचेष्टर सिटीलाई […]
१९ फागुन, काठमाडौं । साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए मा स्पेजियविरुद्ध सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियलाई ३-० ले पराजित गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा युभेन्ट्सले ३ गोल गर्यो । युभेन्ट्सका लागि ६१औं मिनेटमा अल्भारो […]
मकवानपुर– वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि हेटौँडा उपमहानगरपालिकाव्यापी नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुँदैछ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा फागुन २२ गतेसम्म हेटौँडा उपमहानगरपालिकाका वडाबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो । विसं २०७२ को विनाशकारी भूकम्पमा परी निधन भएका नेपाली खेलकूद क्षेत्रका सुपरिचित व्यक्तित्व केशवलाल श्रेष्ठले खेल क्षेत्रमा […]
१७ फागुन काठमाडौं । इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पार्दै उपाधि होडमा आफूलाई अगाडि राखेका छन् । आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३-० ले हरायो । इन्टरका लागि रोमेलु लुकाकले खेलको पहिलो मिनेटमै गोल गरे । यस्तै माटेओ डार्मिनले […]
१६ फागुन काठमाडौं । किलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वान को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनविरुद्ध सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारको टिम डिजोनलाई ४-० ले पराजित गरेको हो । डिजोनको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले दुई गोल […]
१५ फागुन, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट खेल्ने भएका छन् । सन्दीपले लाहोर कलन्दर्सबाट पीएसएल खेल्ने भएका हुन् । जसका लागि सन्दीप आज कराँची प्रस्थान गरेका छन् । सन्दीप कतारको दोहा हुँदै कराँची पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ । यसअघि लाहोरबाटै खेलेका सन्दीप पछिल्लो दुई सिजन […]
१० फागुन, काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै मोनाकोसंग पराजित भएको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग २-० ले पराजित भएको हो । पीएसजीलाई उसैको मैदानमा हराउन मोनाकोका लागि सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता […]
९ फागुन , काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलले यस सिजन खराब प्रदर्शन कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभरटनसँग २-० ले पराजित भएको हो । सन् १९९९ पछि एभरटनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा जित हात पारेको हो । एभरटनलाई जपत दिलाउन रिचालिर्सनले तेस्रो र जिल्फी सिगुरसनले ८३औं मिनेटमा गोल गरे […]
७ फागुन, काठमाडौं । युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेग खेलमा इंग्लिस क्लबहरुको मिश्रित प्रदर्शन भएको छ । म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपरले शानदार जित हात पार्दा आर्सनल र लेस्टर सिटी बराबरीमै रोकिएका छन् । गएराति भएको खेलमा युनाइटेडले स्पानिस क्लब रियल सोसिडाडलाई ४-० ले हरायो । ब्रुनो फर्नान्डेजले दुई गोल गरेको खेलमा मार्कुस […]
६ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले लेभान्टेसंग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा लेभान्टेले पहिले अग्रता लिएको थियो । १७औं मिनेटमा एनिस बार्डीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३७औं मिनेटमा मार्कुस लरेन्टेले […]
५ फागुन, काठमाडौं । किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र ४-१ को लज्जास्पद हार व्यहोरेको हो । क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान […]
४ फागुन, काठमाडौं । धादिङ जिल्ला स्तरीय टी-२०क्रिकेट प्रतियोगिता यहि फागुन ७ गते देखि सुरु हुने भएको छ । धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ । यस प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक दिपेश कँडेलले बताए । […]
काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् भने दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका खेल्दैछन् । पुलस र एपीएफको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा १२ बजे सुरु हुनेछ । पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ […]
२९ माघ, काठमाडौं । अहिले चलिरहेको राष्ट्रिय महिला लिग फुटबलमा सावित्रा भण्डारी (साम्बा)ले गोलको वर्षा गरिरहेकी छिन् । ८ खेलमै ३८ गोल उनको चर्चाको अर्को कारण समेत बनेको छ । जारी लिगमा उनी सर्वाधिक गोलकर्तामा अगाडि त छिन् नै दोस्रो स्थानमा रहेकी आर्मीकी शर्मिला थापाभन्दा २२ गोलले समेत अघि छिन् । उनी एक-दुई गोल होइन […]