होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाउने ९ जना पक्राउ परेका छन्। सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनिहरुले ‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँडेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए। पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको एसपी […]
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक (ट्रायल) परीक्षामा फेला भएका १२ सय ८४ जनालाई पास गराउन मोटो रकम लिएको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार जनाएको छ। ट्रायलमा फेला भएकाहरुलाई पास गरेको, परीक्षा समितिको […]
धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट पाटे बाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाघको छाला ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार वैदवारले बताए । गजुरी गाउँपालिका ३ का ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट […]
बुटवल । रुपन्देहीका रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो । विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्दाको कमिसन लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । तिबारीले स्थानीय व्यापारीसँग कार्यालय कमिसन मागेका […]
डडेल्धुरा: डडेल्धुरामा बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका हुन्। ३९ वर्षीय ससुरालाई २२ वर्षीया बुहारी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा लागेको छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार साझ आरोपित ससुराले बुहारी नाता पर्ने २२ वर्षीया महिलालाई कोठामा गएर बलात्कार गरेका थिए। जबरजस्ती […]
नागरिक रैबार/बाजुरा २ मंसिर। जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरि होहल्ला गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एकैदिनमा ५९ जनालाई नियन्त्रणमा लिएको छ । मंसिर १ गते लागेको पञ्चमी मेलालाई भाड्ने उद्देश्यले मेलामा मदिरा सेवन गरेको आरोपमा बुढीगंगा नगरपालिकाको बाह्रविसबाट २९ जना बढीगंगाकै टाँटेबाट १७ जना, सदरमुकाम मार्तडीबाट ६ जना र त्रिवेणी नगरपालिकाको छताराबाट ७ […]
गौर : निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम शुक्रबार जेल चलान भएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। आठ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा पठाएको हो। उनलाई गौर कारागार चलान गरिएको अदालतका स्रेस्तेदार […]
रौतहट । सरकारी वकिल कार्यालय रौतहटले नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा आज मुद्दा दर्ता गरेको छ । आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी […]
काठमाण्डाै । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडाैँमा साेमबार महराका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गरेपछि अदालतले महरालाइ पूर्पक्षका लागि कारागार पठाएको हो । उनलाइ डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल […]
सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल विरुद्ध अदालतमा ठगी र कागज किर्ते गरेको मुद्दा दर्ता भएको छ। जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध गत साउनमा ठगी र किर्ते मुद्दा दर्ता भएको जिल्ला अदालत कञ्चनपुरले पुष्टि गरेको छ। अधिकृत नवराज पाण्डेले भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी […]
धनगढीमा लागु औषध सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। भातरको लखिमपुर खिरीका २५ वर्षीय रहेमत अलि र लखिमपुर खिरीकै ३१ बर्षीय मोहमख अफ्जललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्म हेडक्वाटर कैलालीले उनीहरुलाई त्रिनगर सीमा नाकाबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट एक सय मिलिलिटरका ४७ बोतल लागुऔषध कोरेक्स […]
काठमाडौं, कत्तिक १५ । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक वहसको प्रकृया आज शुरु हुँदैछ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावका कारण थुनछेक बहस हुन सकेको थिएन । शुक्रवार (आज) जिल्ला अदालत काठमाडौंको इजलासमा महराको वयान हुनेछ । त्यसपछि वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले थुनछेक बहस गर्नेछन् । बहस सकिएपछि अदालतले महरालाई थुनामा […]
काठमाडौँ– दिनदहाडै काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो । सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग […]
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको छ । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दिपशमशेर राणाले भने, ‘‘बिहीबार राती सबै पक्षबीच सहमति भएको छ । असमझदारी हटाउन सबै पक्ष सकारात्मक रुपमा प्रस्तुत भए । तर तत्काल […]
काठमाडौं- सांसद मोहम्मद अफताव आलमविरुद्ध लागेको सामूहिक नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ। ज्यानसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकैद, ज्यान मार्ने उद्योगको कसुर प्रमाणित भए १० वर्ष कैद हुनेछ। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्। उनीविरुद्ध रौतहट प्रहरीले यी दुई र विस्फोटक पदार्थसम्बन्धी कसुर गरी तीन मुद्दा दायर गरेको छ।
काठमाडौं उपत्यकामा मङ्गलबार भाइटीकाको दिन ७ सय २१ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी मादक पदार्थ (मापसे) गर्ने सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार २ सय ३३ सवारी चालक मापसे कारबाहीमा परेका हुन् । यस्तै अन्य ट्राफिक नियमको पालना नगर्ने ४ सय ८८ सवारी […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिका ८ पाण्डुसेनस्थित उव्जन रावतको पसलमा जुवा खेलीरहेका १४ जना जुवाडेलाई कोल्टी प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट खटिएको प्रहरी टोलीले बुढीनन्दा नगरपालिका वडा नं. ८ पाण्डुसैन स्थित उब्जन रावतको पसलमा जुवातास खेलिरहेका बेला जुवातासको खालबाट ७६ हजार ४ सय तीस नगदसहित जुवाडेलाई […]
संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान आज पनि सकिएन । बयान नसकिएपछि प्रहरीले पुनः तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालतमा पेश गरेको छ । महरासँगको बयान नसकिएको भन्दै काठमाडौं प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउन लागेको महानगरीय प्रहरी परिसरका […]
काठमाडौं । तिहार नजिकिएसँगै प्रहरीले जुवातासविरुद्ध देशब्यापी अभियान संचालन गरेको छ । यसै क्रममा देशका विभिन्न भागबाट जुवाडेहरु धमाधम पक्राउ परेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागबाट ४६ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने माया कार्कीको घरमा तास खेलिरहेको अवस्थामा रामेछाप घर भएका ५४ […]
काठमाडौं– राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार) लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । […]