होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूर पहाडका खाद्य डिपोमा चामल किन्न विद्यार्थीको भिड
Breaking News

सुदूर पहाडका खाद्य डिपोमा चामल किन्न विद्यार्थीको भिड

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूर पहाडका खाद्य डिपोमा चामल किन्न विद्यार्थीको भिड

बाजुराः सुदूर पहाडका विकट वस्तीमा खाद्यन्नको आपुर्ति सहज छैन्।समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यन्नको ढुवानी नगर्दा स्थानीयले दुःख पाउने गरेका छन्। बाजुरा सदरमुकाम मार्तडीमा रहेको खाद्य कम्पनीमा चामल किन्नेको भिड नै लाग्ने गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तो मूल्य पर्ने मोटा चामल बिक्री गर्न थालेपछि किन्नेको भिड नै लाग्ने गरेको हो। सो डिपोमा गत भदौ २४ गते मोटा चामल सकिएकोमा झन्डै ६ महिनापछि चामल पुगेपछि त्यहाँका स्थानीय र सदरमुकाममा अध्ययनरत विद्यार्थीहरूको चामल किन्न भिड नै लाग्ने गरेको छ।

पहिलो चरणमा माघ ११ गते एक सय क्विन्टल आएको मोटा चामल दुई दिनमै सकिएको थियो। गत शुक्रबार एक सय क्विन्टल चामल आएपछि आइतबार चामल किन्नेको लामो लाइन लागेको थियो। अहिले ठेक्का प्रक्रियामा रहेकोले थप चामलका लागि पहल भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराका प्रमुख उमेश भण्डारीले बताए। मार्तडीमा अहिले एक सय २० क्विन्टल जिरा मसिनो चामल मौज्दात रहेको कार्यालयले जनाएको छ।

विज्ञापन

कम्पनीको कोल्टी बिक्री केन्द्रमा भने मोटा चामल नपुग्दा स्थानीय महँगीको मारमा परेका छन्। कोल्टीका लागि मोटा चामल मार्तडी पुगिसकेको भएपनि सडक अवरुद्ध हुँदा मार्तडीमै थन्किने भएको छ। मार्तडी कोल्टी सडकको अनाई खोलामा सडक भत्किएकाले उक्त सडकमा करिब एक हप्तादेखि सवारी आवतजावत बन्द छ।

उता हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा असारमै चामल सकिएको थियो भने स्वामिकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि गत जेठमै चामल सकिएको थियो। सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले ढुवानी गर्दै आए पनि समयमा आवश्यक खाद्यन्न नपुग्दा विकट वस्तीका स्थानीयले दुःख पाउने गरेका छन्। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै