होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा नयाँ स्याउ उत्पादनमा किसानको चासो
Breaking News

बाजुरामा नयाँ स्याउ उत्पादनमा किसानको चासो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा नयाँ स्याउ उत्पादनमा किसानको चासो
file photo

बाजुरामा नयाँ स्याउ उत्पादनमा किसानको चासो बढ्दैगएको छ। पहिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरे पनि त्यसले कतै बजार नपाउँदा स्याउ खेतीप्रति दिक्दार भएका किसान अहिले फेरि नयाँ स्याउ उत्पादनमा चासो दिएका छन्।

अहिले कृषि ज्ञान केन्द्र बाजुराले बैगचामा पुगेर स्याउ विक्रीका लागि समेत अनुदान दिन थालेपछि किसानलाई स्याउ खेतीप्रति आकर्षित भएको स्थानीय कृषकको भनाइ छ। अहिले स्थानीय तहले पनि स्याउ खेतीलाई प्राथमिकता दिन थालेको छ। बाँझो जमिन सदुपयोग गर्नेगरी विभिन्न स्थानीय तहले किसानलाई स्याउ खेतीमा उत्प्रेरित गर्दैआएका हुन।

ज्ञान केन्द्र बाजुराले यतिबेला बारीबाट नै स्याउ उठाउन थालेपछि अहिले स्याउ खेतीमा आकर्षण बढ्दैगएको बाजुराका स्याउ किसानको भनाइ छ। पहिला बाजुराको स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुनेगरेको थियो। अहिले हिमाली गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बाजुरामा १७० हेक्टर जमिनमा अहिले स्याउ खेती हुन्छ। गत वर्ष बाजुरामा १ हजार २० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताए। पहिला लोकल स्याउ मात्र उत्पादन हुनेगरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुनेगरेको छ। विगत केही वर्ष यता बाजुरामा उत्पादन भएको झण्डै ६ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदैआएको सूचना अधिकारी जैशीले बताए। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै