
नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्लाको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।



बडीमालिका नगरपालिकाको आयोजना र नेश्नल युथ फेडरेशन नेपाल बाजुराको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष ०७८/०७९मा नगरपालिकाले संचालन गरेका कामहरुको प्रभावकारीता र नगरमा सम्पन्न भएका क्रियाकलापहरुको बारेमा जानकारी गराईएको थियो ।

नगरले गरेका समग्र कामहरुमा नागरिकको सन्तुष्टी तथा नागरिकहरुका गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।
विज्ञापन


नगरपालिकाले वर्षभरी गरेका योजना तथा नगरपालिका मातहतका वडा कार्यालयबाट प्रदान गरिएका सेवाहरुको पादर्शीता सुनिश्चीत गर्नका लागी नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने प्रमुख प्रशासकीय अधिकृत विकले बताएका छन् ।
बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको सहजीकरण नेशनल युथ फेडरेशन नेपाल बाजुराका मदन राज जोशीले गरेका थिए ।
कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापा नगरस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधी , स्थानीय र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सहभागीले नगरपालिकाको समग्र विकासका लागी निरन्तर लाग्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए । भने नगरपालिका मातहतका शाखाहरु स्वास्थ्य, शिक्षा, महिला तथा बालवालिका, कृषि, पशु सेवा शाखा लगायतका कामहरुमा उल्लेख्य प्रगति किन नभएको भन्दै प्रश्न समेत गरेका थिए ।


फेसबुक प्रतिक्रियाहरु