होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अस्पताल व्यवस्थापन समितिद्धारा शुभकामना आदानप्रदान
Breaking News

अस्पताल व्यवस्थापन समितिद्धारा शुभकामना आदानप्रदान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अस्पताल व्यवस्थापन समितिद्धारा शुभकामना आदानप्रदान

नागरिक रैबार/बाजुरा १२ असोज।जिल्ला अस्पताल व्यवस्थापन समिति बाजुराले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

अस्पताल व्यवस्थापन समिति बाजुराले आज बडीमालिका नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बडा दशैंको शुभकामना आदानप्रदान गरेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीको अध्यतामा गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहनु भएको थियो ।अस्पताल व्यवस्थापन समितिद्धारा शुभकामना आदानप्रदान

विज्ञापन

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका कार्यालय प्रमुख डाक्टर मिलन प्रशाद जोशीले गरेका थिए ।

कार्यक्रममा सहभागि सवैले दशैंको अवसरमा राखिएको शुभकामना आदानप्रदान कार्यक्रममा दशैंमा सवैको घरमा शुख शान्ति र समृद्धि छाओस, नवदुर्गाले सवैको घरमा बास गरोस भन्दै शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, बडीमालिकाका कार्यवाहक नगरप्रमुख धर्मराज पाध्याय, माओवादी केन्द्रका जिल्ला संयोजक दीपक बुढा, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी लगायत जनप्रतिनिधि,, पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै