होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपाली काँग्रेस बाजुराले ‘जनताको साथमा काँग्रेस’ अभियान मार्तडीमा
Breaking News

नेपाली काँग्रेस बाजुराले ‘जनताको साथमा काँग्रेस’ अभियान मार्तडीमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाली काँग्रेस बाजुराले ‘जनताको साथमा काँग्रेस’ अभियान मार्तडीमा

 बाजुरा ।  जनताको साथमा काँग्रेस अभियान जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएको छ । आइतबार एक औपचारिक कार्यक्रमका विच नेपाली काँग्रेस वीपी स्मृती भवनमा उक्त कार्यक्रम सुरु गरिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै गाउँघरमा जनताको साथमा काँग्रेस अभियान संचालन गर्ने भनिए अनुसार केन्द्रिय प्रतिनिधि अर्जुनजंग सिंहको उपस्थितिमा शुक्रबार कोल्टीबाट सूरु गरिएको सो अभियान आइतबार सदरमुकाम मार्तडीमा गरिएको हो ।

शुक्रबारबाट संचालन गरिएको कार्यक्रम भाद्र १३ गतेसम्म औपचारिक रूपमा बाजुरा जिल्लामा संचालन गरिने छ भने अनौपचारिक रूपमा गाउँघरमा संचालन गर्ने पनि जनाइएको छ । स्थानीय निर्वाचन तथा आगामी निर्वाचनमा के कसरी अगाडी बढ्न सकिन्छ सो बिषयमा पनि समिक्षा गरिने नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

जनताको साथमा काँग्रेस अभियान संचालन कार्यक्रममा अभियान मा केन्द्रीय प्रतिनिधि अर्जुनजंग सिंह, केन्द्रीय सदस्य विद्या तिमिल्सेना, पुर्वभुिमसुधार सहायक मन्त्री तथा नेता जनकराज गिरी, पुर्व संविधान सभा सदस्य तथा माननिय महानेपाली , नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावल, पुर्व पार्टी सभापति कविराज पण्डित,मान बहादुर रावल महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्य समितिका पदाधिकारीहरू, भातृ, भगेनी संगठन तथा शुभेच्छुक संस्थाहरूका पदाधिकाहरूको सहभागिता रहेको छ ।

विज्ञापन

जनताको साथमा काँग्रेस अभियान अन्तरगत १३ गते भोली फालासैनमा कार्यक्रम संचालन गरिने भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै