होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • जब किसानका लागि आएको गहुँ कर्मचारीले नै चोरे…
समाचार

जब किसानका लागि आएको गहुँ कर्मचारीले नै चोरे…

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जब किसानका लागि आएको गहुँ कर्मचारीले नै चोरे…

काठमार्डौँ: किसानका लागि आएको गहुँ चोर्दै गरेका एक कर्मचारी पक्राउ परेका छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीको कृषि शाखामा राखिएको गहुँ चोरी गर्दै गर्दा सोही शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतो समातिएका हुन्।

सोमबार राति ९ बजे महतोले प्रक्रियाबिना गाडीमा गहुँ लोड गर्दैगर्दा स्थानीयले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले गहुँको गाडीसहित चोरीमा संलग्न महतो र अन्य तीन जनालाई पक्राउ गरेको छ। गत वर्ष किसानका लागि ल्याइएको गहुँ पालिकाबाट केही बोरा लुटिएको र महतोले पूरै गहुँ लुटिएको जानकारी गराएको हुँदा बाँकी गहुँ अहिले चोरी गरेको हुनसक्ने वडाअध्यक्ष कपिलेश्वर साहले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै