होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिकाकाे दर्शन गर्न तीर्थयात्री प्रस्थान
Breaking News

बडीमालिकाकाे दर्शन गर्न तीर्थयात्री प्रस्थान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिकाकाे दर्शन गर्न तीर्थयात्री प्रस्थान

नागरिक रैबार/बाजुरा २१ साउन। सुदूरपश्चिमको एक धार्मिक तथा पर्यटकीय शक्तिपीठको रूपमा रहेको बडिमालिका मन्दिर दर्शनका लागि दर्शन गर्न तीर्थयात्री प्रस्थान भएका छन्। साउन शुक्ल चतुर्दशीका दिन मन्दिरमा लाग्ने मेला अवलोकन गर्न  जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरू,  समेत दर्शनार्थीहरू बडिमालिका आउने गर्दछन्।

वर्षको एकपटक मेला लाग्ने यस मन्दिरको दर्शन गर्दा आफूले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ। बडिमालिका नगरपालिका– ६ का वडाध्यक्ष तथा बडिमालिका पर्यटन समितिका संयोजक कृष्ण खड्काका अनुसार सामुद्रिक सतहबाट चार हजार दुई सय सय फिट उचाइमा रहेको यस क्षेत्रमा विभिन्न प्रजातिका फूलका साथै  सयौँ प्रजातिका जीवजन्तु र चराचुरुंगी पाइन्छ।

विज्ञापन

बाजुराको बडीमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुनेगर्छ।  अहिले हजारौ भक्तजनहरु यात्रामा निस्किएका छन्। यस वर्ष बडीमालिकामा जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । पूजाआजाका लागि परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी टोलीसहितका तीर्थयात्री बडीमालिकातर्फ लागिसकेका छन्।  मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझै बढाएको छ। त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन्। २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार