होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुराका कुपोषित बालबालिका पुनर्स्थापना गृहमा
Breaking News

बाजुराका कुपोषित बालबालिका पुनर्स्थापना गृहमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराका कुपोषित बालबालिका पुनर्स्थापना गृहमा

नागरिक रैबार/ बाजुरा १९ साउन । बाजुरा जिल्लाका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ। पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो।

पोषण पुनस्र्थापना गृह बाजुराकी प्रमुख निर्मला विकका अनुसार जिल्लाको नौवटै स्थानीय तहका एक हजार ४१४ जना बालबालिकालाई कुपोषण जाँच गर्दा ३८६ जना बालबालिकामा कुपोषण देखापरेको हो। कुपोषण देखिएका ३८६ मा २७२ जनामा मध्यम र ११४ बालबालिकामा कडा खालको कुपोषण दखिएको छ। बाजुराको बडीमालिका, स्वामिकार्तिकलगायत गाउँपालिकामा अन्य पालिकाकाभन्दा बढी बालबालिकामा कुपोषण देखापरेको जनाइएको छ।

अहिले कुपोषित बालबालिकालाई विभिन्न पोषण आहाराको व्यवस्था मिलाएर उनीहरूको कुपोषण नर्मल भएपछि मात्र घरमा पठाउने गरेको प्रमुख विकले जानकारी दिइन्। बालबालिकामा कुपोषण देखापरेकाले अहिले विभिन्न पोषणसम्बन्धी कार्यक्रम सञ्चालन ल्याएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। जिल्ला अस्पताल बाजुराका डा आशिष विष्टले बाजुरामा देखिएका कुपोषित बालबालिकालाई आमासहित पोषण पुनस्र्थापना गृहमा राखेर स्याहार गर्दै आएको बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै