होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • करार कर्मचारीलाइ कार्यालयमा नआउन भन्दै स्वामीकार्तिकले काट्याे पत्र
Breaking News

करार कर्मचारीलाइ कार्यालयमा नआउन भन्दै स्वामीकार्तिकले काट्याे पत्र

  • नागरिक रैबार
[sharethis-inline-buttons]
करार कर्मचारीलाइ कार्यालयमा नआउन भन्दै स्वामीकार्तिकले काट्याे पत्र

नागरिक रैबार बाजुरा ३२ असार । स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संग कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका कर्मचारी हेरफेर गर्ने संकेत देखिएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आज एक सूचना जारी गर्दै करार सम्झौता थप गरिएको पत्र प्राप्त कर्मचारीलाई मात्रै साउन १ गते देखि कामकाजमा आउन भनेको छ ।

यस अघि बुढीनन्दा नगरपालिकाले पनि करारमा नियुक्त भएका कुनै पनि कर्मचारीको करार थप नगर्ने र पुन: प्रतिशप्रर्धाका आधारमा कर्मचारी नियुक्त गर्ने जनाएको थियो । स्वामीकार्तिक खापर गाउँपालिकाकाले भने रकम अभाव देखाउदै २०७९ साउन १ गते देखि आवश्यक्ताका आधारमा करार सम्झौता थप गर्न सकिने जनाउदै गाउँपालिकाबाट करार सम्झौता थप भएको पत्र प्राप्त कर्मचारीले कार्यालयमा हाजिर भई नियमित कामकाज गर्नुपर्ने जनाएको छ ।

मिति २०७९ असार २३ गतेको गाउँ सभाको निर्णय अनुसार आर्थिक आभावका कारण कार्य सम्पादन मुल्याकंनका आधारमा गाउँपालिका भित्र रावश्व शिर्षकबाट तलव भत्ता पाउने करारमा कार्यरत कर्मचारीको आवश्यक्ताका आधारमा करार सम्झौता थप गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पारस बहादुर शाहीले जानकारी दिनुभएको छ ।

विज्ञापन

गाउँपालिकामा यस अघि कार्यरत रहेका करार कर्मचारीलाई कार्य सम्पादन मुल्याकंनको आधारमा करार सम्झौता थप गर्न सकिने जनाईएको छ । स्थानिय तहको दोस्रो चुनावमा जिल्लाको राजनिती स्थिति फेरिएको छ । यस अघि ६ वटा पालिका जितेको नेपाली काँग्रेस तीन पालिकामा खुम्चीएको छ भने ३ पालिका जितेको तत्कालिन नेकपा एमाले ६ स्थानमा विजयी भएको छ । यस नतिजा संगै जिल्ला भरि नै कर्मचारी हेरहुने संकेत देखिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै