होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • बझाङमा नुहाइरहेकी किशोरीमाथि करणी प्रयास, एक जना पक्राउ
अपराध

बझाङमा नुहाइरहेकी किशोरीमाथि करणी प्रयास, एक जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बझाङमा नुहाइरहेकी किशोरीमाथि करणी प्रयास, एक जना पक्राउ

धनगढी: बझाङमा किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बुङ्गल नगरपालिका-४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी रहेका छन्।

प्रहरीका अनुसार यही असार २१ गते साँझको समयमा रोपाइँ सकेर घर नजिकैको धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरेका उनले बलात्कारको प्रयास गरेका थिए। नेगीले किशोरीलाई धाराभन्दा केही तल लगी बलात्कार प्रयास गर्दा किशोरीले चिच्याएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए।

२३ गते पक्राउ परेका नेगीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै