होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • हिरोइन बनाइदिने भन्दै १५ वर्षीया बालिकालाई भारतमा ५० हजारमा बिक्री
अपराध

हिरोइन बनाइदिने भन्दै १५ वर्षीया बालिकालाई भारतमा ५० हजारमा बिक्री

  • नागरिक रैबार
[sharethis-inline-buttons]
हिरोइन बनाइदिने भन्दै १५ वर्षीया बालिकालाई भारतमा ५० हजारमा बिक्री

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ ठेगाना भई हाल पर्सा वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ४० वर्षीया चमेली देवी र भारत विहार सितामढी बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन् ।

अनुसन्धानको क्रममा उनीहरूले १५ वर्षीया बालिकालाई भोजपुरी मुभीको हिरोइन बनाइदिने प्रलोभन देखाई भारतको बिहार राज्य पूर्वी चम्पारण झिटकैया गाउँमा लगी हाल फरार रहेका एक जना भारतीय नागरिकलाई ३० हजार भारतीय रुपैयाँमा बिक्री गरेको र निज फरार व्यक्तिले पीडित बालिकालाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाई शारीरिक र मानसिक यातना दिएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ भने हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै