होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार
Breaking News

सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

नागरिक रैबार
बाजुरा १९ असार । जिल्लाको बुढीनन्दा नगरपालिका सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शुक्रबार राति सुत्केरी व्यथा लागेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ कि एक २१ वर्षीया मनिषा भण्डारी (खत्री) को कोल्टीमा प्रसुति हुन् नसकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

खत्रीलाई सुत्केरी व्यथा लागेपछि उनका श्रीमान नहकुल खत्रिले शुक्रबार साँझ उनलाई प्रसुति गराउन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लिएका थिए । सुत्केरी व्यथा लागेकी खत्रीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति हुन नसेकेको खवर पछि राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलि उद्दार कार्यक्रम अनुसार हेलिकप्टरबाट सुर्खेत पठाईएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।

कोल्टीमा प्रसुति हुन् नसकेर हेलिकप्टर मार्फत सुर्खेतको कर्णाली प्रादेशिक अस्पतालमा पुगेकी उनले पहिलो सन्तानका रुपमा छोरा पाएको उनका श्रीमान नहकुल खत्रीले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै