होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • कहाँबाट चुनाव लड्लान् रवि लामिछाने ?
देश/प्रदेश

कहाँबाट चुनाव लड्लान् रवि लामिछाने ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कहाँबाट चुनाव लड्लान् रवि लामिछाने ?

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् ।

‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’

आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको अनुमान गरेको लामिछानेले बताए ।

विज्ञापन

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझवुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए ।

‘आवेशमा आएर होइन, भावनामा बगेर होइन, सुझबुझका साथ जहाँबाट तपाईँहरुको प्रतिक्रिया प्राप्त हुन्छ, जहाँ अधिकांश दर्शकहरुले मलाईमात्र होइन, यहाँ जोडिने उम्मेदवारलाई रुचाउनु हुन्छ, त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौं,’ उनले भने, ‘एक पटक यसपाली हामी त्यो मेन स्वीच अफ गर्नका लागि एउटा तारको जिम्मा म लिन्छु, एक जनालाई संसद छिर्नबाट म रोक्छु, त्यसैगरी अर्कोलाई रोक्न तपाईँ, तपाईँ, तपाईं देशैभरीबाट आउनुहोला, रोकौं । वेथितीको यो मेन स्वीचलाई अफ गरिदिउँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार