होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको शक्ति प्रदर्शन
प्रदेश ७

देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको शक्ति प्रदर्शन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको शक्ति प्रदर्शन

धनगढीः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लामा छन्। उनी डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी छन्।

कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका छन्। सोमबार गन्यापाधुराको चुनावी सभालाई सम्बोधन गरेका देउवाले मंगलबार दिउँसो अमरगढी र परशुराम नगरपालिकामा सम्बोधन गर्दैछन्। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले शक्ति प्रदर्शन गरेर अरु दल र मल्ल समूहलाई सन्देश दिन खोजेको छ। यहाँ सबै एमाले र नेपाली कांग्रेस बीपीको तालमेल छ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी भने एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन्। गन्यापधुरामा प्रधानमन्त्री देउवाको मतदाता नामावली छ। उनको नामावली गन्यापधुरा वडा नम्बर १ मा छ। देउवा स्थानीय तह निर्वाचनमा मतदान गरेरमात्रै संघीय राजधानी काठमाडौँ फर्किने बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै