होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अर्थ
  • जसपाले स्थानीय तहमा महिलालाई एक करोडसम्म ऋण दिने
अर्थ

जसपाले स्थानीय तहमा महिलालाई एक करोडसम्म ऋण दिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जसपाले स्थानीय तहमा महिलालाई एक करोडसम्म ऋण दिने

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको चुनाव जिते महिलाहरुलाई उद्यम गर्न १० वर्षका लागि एक करोडसम्मको ऋण दिने प्रतिवद्धता जनाएको छ । जसपाले तयार पारेको स्थानीय तहको चुनावी घोषणापत्रमा भनिएको छ, ‘महिलाहरुलाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागि एक करोडसम्म रुपैयाँ ऋण दिने र त्यसको ब्याज पाँच प्रतिशत मात्र गरिनेछ ।’

महिला हिंसाको अन्त्यका लागि ‘फास्ट ट्रयाक महिला न्याय युनिट’ को व्यवस्था गर्नुको साथै कृषि, कुटिर तथा साना उद्योग र व्यवसाय जस्ता विषयहरुमा महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाएको छ ।

महिला, पुरुषको लागि समान कामको समान ज्यालाको नीति कार्यान्वयन गरिने उल्लेख गर्दै जसपाले गर्भवती महिलालाई निःशुल्क नर्सिङ सेवा र सुत्केरी सेवा दिइने घोषणा पत्रमा उल्लेख गरेको छ । किसान, मजदुर क्षेत्रका महिलाहरुलाई सुत्केरी हुँदा पोषण भत्ता दिने व्यवस्था गरिनेको साथै महिलाको विशेष रोग पाठेघर, स्तन क्यान्सर, पाठेघर खस्ने, पिसाब चुहिने लगायतका उपचार निशुल्क गरिने भनेको छ ।

विज्ञापन

जसपाले महिलाको हकमा भूमिकर ७५ प्रतिशत हुने प्रतिवद्धता जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै