होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • १३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ
Breaking News

१३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
१३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

नागरिक रैबार/बाजुरा २१ चैत्र। १३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ले एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीनन्दा–६ लाटुपस्तिका वर्ष २३ का बसन्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएको बेला मौका छोपी बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको भनि चैत्र १८ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन आए पश्चात इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरिक्षक देनेन्द्र राज जोशीको नेतृत्वमा खटिएको टोलीले उनलाई शनिवार पक्राउ गरेर आइतवार जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाइएको हो ।

पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धान गरि कानुन बमोजिम कार्बाही गरिने प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै