होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमसीसी संसदमा दर्ता गर्ने निर्णय गर्दा मन्त्रिपरिषदमा को–को थिए मन्त्री ?
Breaking News

एमसीसी संसदमा दर्ता गर्ने निर्णय गर्दा मन्त्रिपरिषदमा को–को थिए मन्त्री ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमसीसी संसदमा दर्ता गर्ने निर्णय गर्दा मन्त्रिपरिषदमा को–को थिए मन्त्री ?

तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७५ साल माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकले एमसीसी संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आजको संसद् बैठकमा पेश गर्न सत्ता गठबन्धनमा सहमति जुटेको हो । जुन मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अलवा उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट उपस्थित रहेका थिए ।

त्यस्तै सो दिनको मन्त्रिपरिषद बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, खानेपानी मन्त्री बीना मगर र भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्याल रहेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै