होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • देशभरका ६० विद्यालयले पाए ६ करोड अनुदान, बाजुरा शुन्यमा
Breaking News

देशभरका ६० विद्यालयले पाए ६ करोड अनुदान, बाजुरा शुन्यमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
देशभरका ६० विद्यालयले पाए ६ करोड अनुदान, बाजुरा शुन्यमा

नागरिक रैबार बाजुरा २४ माघ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ। तर बाजुरामा भने अनुदान पाउने बिद्यालयकाे संख्या भने शुन्य रहेकाे छ ।

अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय छनाेटमा परेका हुन्। केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले सूचना जारी गरी अनुदान पाउने १ देखि ५ सम्म कक्षा सञ्चालन गरिरहेका विद्यालयको नाम सार्वजनिक गरेको हो। अनुदान प्राप्त गर्ने विद्यालयहरूमा रोल्पाका सबैभन्दा बढी ११ विद्यालय छन्।

केन्द्रले विद्यालयले पाउने रकम वित्तीय अनुदानअन्तर्गत सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिसकेको जनाएको छ। अनुदान प्राप्त गर्ने विद्यालयहरूमा रोल्पापछि सबैभन्दा बढी बैतडीका ९ विद्यालय छन्। त्यस्तै डोटीका ७, सर्लाहीका ६, प्युठानका ५, महोत्तरीका ४, सुनसरीका ३, हुम्लाका ३, बझाङ, कैलाली, दार्चुला र रुकुम पश्चिमका २–२, जुम्ला र उदयपुरका १–१ विद्यालय छन्।

विज्ञापन

उक्त रकम आर्थिक वर्ष ०७८/७९ को फागुन मसान्तभित्रै माग गर्न र सम्बन्धित गाउँ र नगरपालिकाले उक्त कार्यक्रमका लागि सम्बन्धित विद्यालयसँग ‘वार्षिक एकमुस्ट अनुदानबाट विद्यालय सञ्चालन गर्ने कार्यविधि २०७६’ बमोजिम करार सम्झौता गरेर निकासा गर्नुपर्ने केन्द्रले जनाएको छ।

तलकाे लिकंकमा किलिक गर्नुहाेला

media_file-1-995987880

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै