होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा एमालेका युवाहरु नेतृत्व परिर्वतनको पक्षमा
Breaking News

बाजुरामा एमालेका युवाहरु नेतृत्व परिर्वतनको पक्षमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा एमालेका युवाहरु नेतृत्व परिर्वतनको पक्षमा

नागरिक रैबार/बाजुरा २५ पुस। नेकपा एमाले बाजुराका बढीजसो युवाहरु नेतृत्व परिर्वतनको पक्षमा देखिएका छन् । एमाले बाजुराको सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व आउनु पर्ने भन्दै युवाहरु चर्चापरिचर्चा गर्न थालेका छन् ।

नेतृत्व परिवर्तन एमाले बाजुराको आवश्यकता हो अधिवेशनमा सहभागि भएका एक प्रतिनिधि युवा नेताले भने, नयाँ नेतृत्व आउँदा पार्टी बाजुरामा एमाले थप बलियो हुने उनको दावी थियो ।

नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशन २३ पुसबाट सदरमुकाम मार्तडीमा सूरु भएको हो । अधिवेशन सुरु भएको ३ दिन वित्न लाग्दा समेत बन्द शत्र सूरु नभएपछि अधिवेशनमा सहभागि भएका प्रतिनिधिहरु भने आक्रोसित भएका छन् । अवको नयाँ नेतृत्व सर्वसम्मत वा चुनावी प्रक्रियाबाट भएपनि समयमै हुनुपर्ने प्रतिनिधिहरुको माग छ ।

विज्ञापन

एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा बाजुरा ईन्चार्ज लालबहादुर थापाको टिमबाट यस अघि अध्यक्षको कार्यकाल चलाइसकेका कालीबहादुर शाही पुनः अध्यक्षका लागि दावी गरिरहेका छन् भने स्थायी कमिटी सदस्य कणर्बहादुर थापाको टिमबाट एमाले बाजुराको आर्थिक विभाग प्रमुखको जिम्मेवारी समाली सकेका लालबहादुर ओली अध्यक्ष पदका लागि लागिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै