होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा दोस्रो मात्राको कोरोना खोप लगाईदै
Breaking News

बाजुरामा दोस्रो मात्राको कोरोना खोप लगाईदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा दोस्रो मात्राको कोरोना खोप लगाईदै

नागरिक रैबार/बाजुरा ९ कार्तिक। कोभिड-१९ को महामारी नियन्त्रण र समुदाय स्तरमा फैलिन नदिन बाजुरा जिल्लामा यहि कार्तिक ११ गतेदेखि कोरोना बिरुद्धको दोस्रो मात्राको खोप लगाईने भएको छ ।

कोरोना विरुद्धको खोप अभियान अन्तरगत गत असोज महिनाको ११ गते देखि १४ गते सम्म पहिलो मात्रा खोप लगाएकाहरुका लागि दोस्रो मात्राकाृ खोप लगाउने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।

दोस्रो मात्रा लगाउनेमा करिव २३ हजार रहेकोले यो समयमा नयाँका लागि भने सम्भव नभएको कार्यालय प्रमुख पन्तले जानकारी दिएका छन ।
कार्तिक ११ गते देखि कोरोना विरुद्धको दोस्रो मात्रा खोप बाजुरा जिल्लाका सबै वडा हरुमा तोकिएको खोप केन्द्रबाटै लगाईने भएकोले यस अघि पहिलो मात्रा लगाएका सबैले पाएक पर्ने ठाउँमा खोप लगाउन स्वास्थ्य कार्यालय बाजुराले अनुरोध गरेको छ ।

विज्ञापन

पहिलो खोप लगाउन छुटेकाहरुलाई अहिले खोप लगाउन सकिने अवस्था नभएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए ।
सडक तहस नहस र यातायातका साधानहरु नचलेका कारण धनगढी बाट थप खोप ल्यान समस्या भएकोले पहिलो मात्राको खोप भने संचालन नहुने बताएका छन ।

दसैको लागि भारत बाट समेत मानिसहरु घर आएका भए पनि अहिले पहिलो मात्राको खोप लगाउन यातायातको अबस्थाका कारण सम्भव नभएको उनले बताए । सडक संचालन आउने बित्तिकै तिहार पछि भने पहिलो खोप लगाउनेहरुका लागि पनि सहज रुपमा उपलब्ध गराउने पन्तले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै