होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • १८ वर्ष कटेका विद्यार्थीलाई मात्र खोप दिन परिपत्र
समाचार

१८ वर्ष कटेका विद्यार्थीलाई मात्र खोप दिन परिपत्र

  • नागरिक रैबार
[sharethis-inline-buttons]
१८ वर्ष कटेका विद्यार्थीलाई मात्र खोप दिन परिपत्र

ताप्लेजुङ– प्रदेश १ को स्वास्थ्य निर्देशनालयले १८ वर्ष पूरा नभएका परीक्षार्थीलाई खोप उपलब्ध नगराउन परिपत्र गरेको छ । प्रदेश १ का महानगरसहित सबै १ सय ३७ स्थानीय तह र १४ वटै स्वास्थ्य कार्यालयलाई स्वास्थ्य निर्देशनालय धनकुटाले यस्तो परिपत्र गरेको हो ।

निमित्त निर्देशक दानबहादुर बस्नेतले स्वास्थ्य सेवा विभागले यसअघि नै १८ वर्ष पूरा भएका परीक्षार्थीलाई प्रवेशपत्रको आधारमा खोप उपलब्ध गराउने गरी गरेको परिपत्रबारे प्रदेश १ भरिका स्थानीय तह र स्वास्थ्य कार्यालयलाई ध्यानाकर्षण गराएका छन् ।

विज्ञापन

परिपत्रमा कक्षा १२ का विद्यार्थीलाई खोप उपलब्ध गराउने सन्दर्भमा १८ वर्ष पूरा नभएकालाइ पनि खोप दिएको भन्ने सुन्नमा आएकाले प्रदेश निर्देशनालयले १८ वर्ष पूरा नभएकालाई खोप उपलब्ध नगराउन भनेको हो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले स्वास्थ्य निर्देशनालयको परिपत्रअनुसार १८ वर्ष पूरा भएका विद्यार्थीलाइ मात्र खोप उपलब्ध गराइने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै