होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • दुई जना सचिवको टुँगो नलाग्दा अध्यक्षले चलाए एमाले बाजुरा जिल्ला कमिटीको बैठक
Breaking News

दुई जना सचिवको टुँगो नलाग्दा अध्यक्षले चलाए एमाले बाजुरा जिल्ला कमिटीको बैठक

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दुई जना सचिवको टुँगो नलाग्दा अध्यक्षले चलाए एमाले बाजुरा जिल्ला कमिटीको बैठक

नागरिक रैबार/बाजुरा ६ भदौ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार मार्तडीको अपि होटेलमा बसेको पार्टीको पूर्ण बैठकमा दुई जना सचिवको टुँगो नलाग्दा बैठकको कार्यक्रम अध्यक्ष काली बहादुर शाहीले चलाएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेब रेग्मी हुँदाहुँदै नेकपा माओबादी केन्द्रका सचिवलाई मनोनित गरेर दुई जना सचिव पार्टीले पाएसँगै यसो गरिएको एक जिल्ला कमिटी सदस्यले बताए ।

नेकपा एमाले विभाजन भएयता पहिलो पटक बसेको नेकपा एमालेको बैठकमा पूर्ववत एमाले फर्केको हो भने मैले सचिवको हैसियतमा कार्यक्रम चलाउने हो । हामी विधिको कुरा गर्छाै । विधि मिचेर जानेकुरामा म सहमत छैन् सचिव वलदेव रेग्मीको भनाई बाहिर आएको छ ।

विज्ञापन

उता नेकपा माओवादी केन्द्र बाजुरा जिल्ला कमिटीका सचिव भरत बुढालाई पनि एमालेमा प्रवेश गराएसँगै आफूलाई सचिवकै हसियतमा राखिने आश्वासन एमाले पक्षले देखाएको हो अहिले आएर आनाकानी स्वीकार्य नहुने उहाँको भनाई उदृद्ध गर्दै बैठकबाट बाहिरिएका एक जिल्ला कमिटी सदस्यले नागरिक रैबारसँग बताएका छन् ।
यसरी सचिवको टुँगो नलागेपछि विवाद समाधानका लागि केन्द्रमा नाम पठाउने त्यहाँबाट जसको नाम आयो उसैलाई सचिव बनाउने उहाँको भनाई थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै