होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स
देश/प्रदेश

नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिर फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो ।

अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं,’ आलमले भने ।

 

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने, ‘ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।’ अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनले बताए ।घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिति भने थिएन ।

ओली पक्षको युवा संघले सोमबारमात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै