होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • ओलीले भने– शंकाको लाभ लिएर जेठ २ मा फर्कियौं
देश/प्रदेश

ओलीले भने– शंकाको लाभ लिएर जेठ २ मा फर्कियौं

  • नागरिक रैबार
[sharethis-inline-buttons]
ओलीले भने– शंकाको लाभ लिएर जेठ २ मा फर्कियौं

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शंकाको लाभ लिएर पार्टीलाई जेठ २ मा फर्काएको दाबी गरेका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले आफूहरुको हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिइएको बताए ।

आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपति कहाँ जानु लाजमर्दो भएको उनले बताए । उनले अघि भने, ‘एकातिर अदालतको फैसला, अर्कातिर एकता हुन्छ भने शंकाको लाभ दिएर जेठ २ पुनस्र्थापना गरिएको हो ।’

 

शहरमा एमाले सिध्दियो भन्ने प्रचार गरिएको भए पनि राजनीति एमाले वरिपरि नै घुम्ने उनले बताए । जापान, भारत र बेलायतमा लामो समयसम्म एउटै पार्टी सत्तामा रहेपनि पछि अरू आएको उदाहरण दिँदै उनले भने, हाम्रोमा सधैं हामी नै सत्तामा हुन्छौं भन्ने होइन तर हामीलाई टक्कर दिने कोही छैन ।’

‘हिजो हामीलाई ढाल्न खोजे, सकेनन् । आज जोड दिएर भन्छु– फेरि पनि हामीलाई ढाल्न सक्ने छैनन् । ढालिहालेमा कतिलाई ? ६ महिनामा मूल ढोकाबाटै आउँछौं ।’

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले विपक्षी गठबन्धनमाथि देशलाई हिंसा र मुडभेडतर्फ लैजान खोजेको आरोप लगाए । ‘निषेधाज्ञा तोड्नुको कारण त्यही हो,’ उनले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै