होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • पत्रपत्रिका
  • एमालेको एकता खोज्न पुनः सक्रिय दोस्रो तहका नेताहरु
पत्रपत्रिका

एमालेको एकता खोज्न पुनः सक्रिय दोस्रो तहका नेताहरु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमालेको एकता खोज्न पुनः सक्रिय दोस्रो तहका नेताहरु

काठमाडौं, जेठ २६ । नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू एकताको उपाय खोज्न पुनः सक्रिय भएका छन् ।

यसअघि विभिन्न चरणमा भएका छलफलले सकारात्मक नतिजा नदिए पनि दोस्रो तहका नेताहरुबीच पुनः छलफल भएको हो ।

ललितपुरको समिट होटलमा आज दिउँसो देखि एमालेको दुवै समूहमा रहेका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो । यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्धरुपमा छलफल गरिरहेका छन् ।

विज्ञापन

आजको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य सहभागी छन् ।एमाले विभाजन भए आफूहरुको पनि राजनीतिक भविष्य सकिने भन्दै दोस्रो तहका नेताहरु एकताको पक्षमा लगातार संवाद गरिरहेका छन् ।दोस्रो तहका नेताहरुले एकताको प्रयास गरिरहे पनि पछिल्ला राजनीतिक घटनाक्रमले एमालेलाई विभाजनतर्फ नै डो¥याइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै