होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • छुवाछुत मानव सभ्यताको कलंक : प्रधानमन्त्री ओली
देश/प्रदेश

छुवाछुत मानव सभ्यताको कलंक : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
[sharethis-inline-buttons]
छुवाछुत मानव सभ्यताको कलंक : प्रधानमन्त्री ओली

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुट मानव सभ्यताको कलंक भएको बताएका छन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव सभ्यताको कलंकका रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताए ।

‘यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो स्थानबाट सक्रिय रहन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु’ उनले भने ।

उनले सुखी नेपाल समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा छुवाछुत चुनौतीको रुपमा देखिएको पनि बताए ।छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने प्रतिवद्धता जनाए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै