होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बोलन्या थली बाजुराद्धारा ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण
Breaking News

बोलन्या थली बाजुराद्धारा ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बोलन्या थली बाजुराद्धारा ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण

नागरिक रैबार/बाजुरा ९ जेठ। बोलन्या थली बाजुराले जिल्ला अस्पताल बाजुरा र टाँटे स्वास्थ्य चौकीका लागि ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको छ ।

जिल्लामा पछिल्लो समयमा कोरोनाका संक्रमितहरु दिनप्रतिदिन बढ्दै गएपछि कोरोना संक्रमितहरुले अक्सिजन अभावकै कारण ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले जिल्ला अस्पताल र टाँटे स्वास्थ्य चौकीलाई ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको बोलन्या थलि बाजुराका संयोजक भरत बुढाले बताएका छन् ।

प्राणका लागि ५०० अभियान अन्तरगत नेपालगन्ज बाट अक्सिजन भरेर बोलन्या थलीको टिम बाजुरा पुगेको थियो । कोरोना महामारिको समयमा बाजुरा जिल्लामा अक्सिजनको कमि हुदा बोलन्या थलीको निरन्तरको प्रयास पछि सिलिन्डर ल्याएर टाटे स्वास्थ्य चौकीको लागि बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख दिपकबिक्रम शाह र जिल्ला अस्पताल बाजुराको लागि जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी सन्तोष पन्तलाई बोलन्या थली बाजुराका संयोजक भरत बुढाले हस्तान्तरण गरेका छ्न।

विज्ञापन

अहिलेको विषम परिस्थितिमा अक्सिजन नपाएर ज्यान गुमाउन नपोरोस भन्ने उद्देश्यले बिलन्या थलीले अक्सिजनको पहल गरेको थियो। अक्सिजनका लागि हाम्रो टिम अझै लागि पर्ने र आआफ्नो ठाउँ बाट प्राणका लागि ५०० अभियानमा साथ दिन बोलन्या थलिले सवैलाई अनुरोध गरेको छ ।

त्यस्तै बोलन्या थलिको अभियानमा सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन माननीय मन्त्री प्रकाश शाहको प्राबिधिक सहयोग, बोलन्या थली केन्द्रिय संयोजक यादव जोशी, डडेल्धुरा युनिटका संयोजक दिपक भट्ट लगायत सरोज तमोली, बाजुरा युनिटका संयोजक भरत बुढा लगायत पुर्ण जैसी, रुगम रावलको विशेष पहलमा अक्सिजन उपलब्ध भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै