होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ओलीले बोलाए एमाले स्थायी समितिको आकस्मिक बैठक
Breaking News

ओलीले बोलाए एमाले स्थायी समितिको आकस्मिक बैठक

  • नागरिक रैबार
[sharethis-inline-buttons]
ओलीले बोलाए एमाले स्थायी समितिको आकस्मिक बैठक
फायल तस्बिर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो।

अध्यक्ष ओलीको निर्देशनपछि महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठकको आह्वान गरेका छन्। सो बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ।

त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी समिति सदस्य रामबहादुर थापालाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ।

बैठकका अन्य एजेण्डाबारे केही बताइएको छैन। बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ। एमालेले विवाद निरूपणका लागि कार्यदल बनाएर काम सुरु गरिसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै