होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अडान नछोड्दा एमाले विवाद मिलेन : भीम रावल
Breaking News

अडान नछोड्दा एमाले विवाद मिलेन : भीम रावल

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अडान नछोड्दा एमाले विवाद मिलेन : भीम रावल

काठमाडौं । एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए ।

‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले कसरी भन्ने निश्चित भएको छैन’, माधव नेपाल पक्षबाट छलफलमा सहभागी नेता रावलले भने,‘ उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी राख्छौँ ।’

ओली पक्षलाई २८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणाली विपरित रहेकाले त्यो निर्णय फिर्ता लिन माधव पक्षले आग्रह गरेपनि उक्त निर्णय फिर्ता गर्न तयार नभएपछि फेरि वार्ता गर्दै जाने सहमति भएको रावलले जानकारी दिए । ‘त्यो निर्णय पार्टी विधान र सर्वोच्चको फैसला अनुकुल पनि थिएन,’आफूहरुले छलफलमा राखेको धारण सुनाउँदै रावलले भने, ‘एक अर्काका विचार आदानप्रदान गर्यौँ । त्यसक्रममा हामीले एमालेको विधान, पद्दति र प्रणालीमा साझा रुपमा समस्या समाधान गर्न तयार छौ भनेर भनेका छौ ।’ उनले तर त्यसो नगरी आफुले गरेका कामचाहिँ गरिहाल्ने अनि अरु कुरा मानिदिनुपर्ने भन्ने आफुहरुलाई स्वीकार्य नभएको प्रतिक्रिया दिए ।

छलफलमा ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत सहभागी थिए भने नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त, गोकर्ण विष्ट लगायत सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै