होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बडीमालिका
  • जंगलमा लागेकाे डढेलाेले जलेर एक महिला घाईते
बडीमालिका

जंगलमा लागेकाे डढेलाेले जलेर एक महिला घाईते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जंगलमा लागेकाे डढेलाेले जलेर एक महिला घाईते

नागरिक रैबार/बाजुरा ७ फागुन। बडीमालिका नगरपालिका-३ पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखि लागेकाे डढेलोमा परी सोही गाउँकी एक महिला जलेर घाइते भएकी छन ।
घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४० बर्षिया फुँगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्।
शक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का आगोमा परेको थाहापाए पछि स्थानियले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याईएको छ।
आगोले पुरै शरीर जलेकी खड्काको अवस्था गम्भीर रहेको उनका आफन्तले जनाएका छन्। थप उपचारका लागि स्थानिय तहका प्रतिनिधलाई खबर गरीरहेका छौं तर फोन अहिले सम्म लागेको छैन उनकी देउरानीले बताईन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै